अनलाईननेपालगंज डटकम :
यति बेला अमेरिकाको विभिन्न राज्यमा नेपाल तरुणदल अमेरिका शाखाले फरक फरक कार्यक्रमको आयोजना गरिरहेको छ । केहि दिन अगाडी मात्र नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत २ हफ्ताको भ्रमणको लागि अमेरिका जानु भएको छ । उहा अमेरिका भ्रमणमा रहनु भएको अवसर पारेर नेपाल तरुणदल अमेरिका शाखाले यति बेला विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । उक्त कार्यक्रममा तरुणदल अध्यक्ष बस्नेतको विशेष उपस्थिति समेत रहने गरेको छ ।
यस्तै आज क्रान्तिनायक स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ८औं स्मृति आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाईरहँदा अमेरिका स्थित साउर्दन क्यालिफोर्नियामा पनि एक कार्यक्रम बीच स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ८औं स्मृति मनाईएको छ । उक्त कार्यक्रममा पनि तरुणदल अध्यक्ष बस्नेतको विशेष उपस्थिति रहेको थियो ।
नेपाली जन सम्पर्क समिति अमेरिका, साउर्दन क्यालिफोर्निया च्याप्टरद्धारा लस एन्जलसको आर्टिसिया शहरमा आयोजित क्रान्तिनायक स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ८औं स्मृति सभामा नेपाल तरुणदलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सभालाई सम्बोधन गर्दै मन्तव्य राख्नु राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै तरुणदल अध्यक्ष बस्नेतले स्वर्गीय गिरिजाप्रसाद कोईराला प्रति श्रद्धा सुमन ब्यक्त गर्दै उहाको कामको विश्लेषण समेत गर्नुभएको थियो । यस्तै अब कांग्रेस बनाउने जिम्मेवारी हामी सबैमा भएको हुँदा सबै एकजुट भएर लागिपर्नु जरुरी रहेको समेत उहाले उल्लेख गर्नु भएको छ । २ हफ्ताको लागि अमेरिका भ्रमणमा रहनु भएका तरुणदल अध्यक्ष बस्नेत यति बेला अमेरिकामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाई रहनु भएको छ ।
यस्तै यति बेला साउर्दन क्यालिफोर्नियाको भ्रमणमा रहनु भएका उहा अब न्युयोर्क तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस्तै २४ मार्चमा नेपाल तरुणदल अमेरिका शाखाले न्युयोर्कमा तरुणदल अध्यक्ष जित जंग बस्नेतको उपस्थितिमा नेपालको हालको राजनैतिक घटनाक्रम तथा समसामयिक विषयमा हुने अन्तरक्रिया गर्ने भएको छ । यस्तै नेपाल तरुणदल अमेरिका शाखाले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह समेत गरेको छ । उक्त कार्यक्रम भने १२ः३० बजे थकाली किचेन ज्याकशनहाइट मा हुने जानकारी समेत नेपाल तरुणदल अमेरिका शाखाले दिएको छ ।
https://www.facebook.com/gokulvivas/videos/10211814846182705/?t=1588