WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_5.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
नेपाल तरुणदल नेपाली कांग्रेसको भातृ संगठन मध्यको एक हो । मुलुक नयाँ राजनीतिको चरणमा प्रवेश गरेको बिशेष परिस्थितिमा समसामयिक राजनीतिको समिक्षा, तरुण दलको संगठन चुस्तदुरुस्त बनाई आफ्नो भावी रणनीतिको बिषयमा बृहत छलफल गरि ठोस निश्कर्षमा पुग्न नेपाल तरुणदलले माघ २८, २९ र फाल्गुन १ गते ३ दिन प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको थियो । तर राजनीतिक परिस्थितिको कारण र पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला लगाएतका नेताहरुले कार्यक्रमको लागि समय दिन नसकेपछि उक्त कार्यक्रम तोकिएको समयमा हुन सकेन र अनिश्चितकालीन समयको लागि स्थगित गरियो । कार्यक्रम चाडै नै गरिने भनि नेपाल तरुणदल केन्द्रीय समितिले परिपत्र समेत जारि गरेको थियो ।

तर अब भने उक्त स्थगित गरिएको कार्यक्रम यहि फाल्गुन २२,२३ र २४ गते गरिने भएको छ । यसको जानकारी दिदै तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको हस्तक्षार सहितको बिज्ञप्ति नेपाल तरुणदल केन्द्रीय समितिले यति बेला जारि गरेको छ । बिज्ञप्तिमा माघ २८, २९ र फाल्गुन १ गते हुने भनिएर स्थगित गरिएको तरुणदल प्रशिक्षण कार्यक्रम अब फाल्गुन २२,२३ र २४ गते गरिने जानकारी दिइएको छ । तत्कालिन राजनीतिक समस्याको कारण नै उक्त कार्यक्रम तोकिएको समयमा गर्न नसकिएको तरुणदल केन्द्रीय समितिको भनाई रहेको छ । तर अब भने फाल्गुन २२,२३ र २४ गते पक्का पक्कि उक्त कार्यक्रम गरिने तरुणदल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताउनुभएको छ ।
तरुणदल केन्द्रीय समितिले जारि गरेको परिपत्र अनुरुप तोकिएको समयमा यस कार्यक्रममा अध्यक्ष मात्र अनिवार्य रुपमा तरुणदल जिल्ला समितिको प्रतिवेदन सहित उपस्थित हुन नेपाल तरुणदल केन्द्रीय समितिले सबै तरुणदल जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षहरुलाई निर्देशन दिएको छ । प्रशिक्षणमा पार्टीका नेता तथा अन्य वुद्धिजीवीहरुले प्रशिक्षण दिनेछन्। दलको कार्यकसमिति विस्तारका लागि समेत कार्यक्रमबाट नेतृत्वसँग पुन आह्वान गरिने पनि बताइएको छ। यस्तै कार्यक्रम भक्तपुर, नगरकोटमा अवस्थित हिलसाइड भिलेज रिसोर्टमा गर्न लागिएको हो ।