WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
पाकिस्तानमा छ वर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका एक पुरूषलाई एउटा अदालतले मृत्युदण्डको सजाय दिएको छ।
बलात्कार तथा हत्याको मुद्दाको सुनुवाइ हुनेबेला अदालत वरपर सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो। अदालतमा बालिकाका पिता पनि उपस्थित थिए।
जइनब अन्सारीको मृत शरीर गत महिना लहोरदेखि दक्षिणपट्टी पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो।
२४ वर्षिय इमरान अलीले ती बालिकाको हत्या र बलात्कारमा आफू संलग्न रहेको स्वीकार गरेका थिए।
अलीले अन्य बालबालिकालाई पनि आफूले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए। पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बालिका हत्याका अन्य घटनामा पनि अलीनै संलग्न रहेको बताएका छन्।