बर्दिया , महोत्सव भन्ने वित्तिकै आर्थिक सामाजिक पर्यटन पर्वद्धनका विषय बस्तु समेटिन्छन र यसको प्रचार प्रसारको माध्यमबाट स्थानियस्तरमा रोजगारी सगसगै आयआर्जनको लागी मार्ग प्रसस्त खोल्ने माध्यम बन्नु नै महोत्सवको उदेश्य हो तर नेपालमा पछिल्लो पटक महोत्सवको नाममा विकृति र विसंगतिलाइ मलजल गरेको पाइएको छ ।
कलाकार आएपछि मात्रै दर्शकको भिड बढछ भन्ने सोचले जरा गाडेका कारण नै स्थानिय स्तरमा उत्पादन भएका सामाग्री , पर्यटक स्थल स्थानिय कला सस्कृतिको प्रचार प्रसार सोचे अनुसार नभइदिदा यी सवै ओझेलमा पर्ने गरेको पाइएको छ । हो महोत्सको लागी चर्चित कलाकार देखि स्थानिय कलाकारहरुलाई पनि स्थान दिइनु पर्छ तर त्यसको मान मर्यादा राख्नु पनी आवश्यक छ । महोत्सवमा आफनो कला प्रस्तुत गर्ने भन्दा पनि अंग प्रर्दशनका काराण अव आफना आफन्त सग महोत्सव हेर्न जान पनि लाज लाग्ने अवस्था आइसकेको छ । यसले के सन्देश दिन खोजीरहेको छ आयोजकले बुझन जरुरी छ । महोत्सवमा आफनो प्रस्तुती देखाउने क्रममा सरीरका कपडा फुकाल्दै फाल्दै गर्दा कहाको पर्यटन पर्वद्धन हुन्छ अनि कहाको स्थानिय कला सस्कृतिको संरक्षण हुन्छ यो गम्भिर र छलफलको विषय बन्न जरुरी रहेको छ । महोत्सवलाइ विकृति भित्राउने माध्यम होइन यसलाइ कला सस्कृतिको संरक्षण गर्ने खालको सव्य र भव्य बनाउन जरुरी छ । अन्यथा
महोत्सव क्षणिक रमाइलोको साधन नबनोस स्थानिय स्तरको कुनै न कुनै माध्यमबाट पहिचान वनोस । यता अहिले बाकेको कोहलपुरमा औदयोगिक व्यापार मेला तथा पर्यटन महोत्सव जारी छ योे जारी महोत्सवमा के भैरहेको छ भन्ने कुरा हामि सवैलाइ अवगत नै छ ।