WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
चलचित्र विकास बोर्डका अध्यक्षमा निकिता पौडेल न्युक्त भएको धेरै समय भएको छैन । तर उनले आफ्नो तर्फ देखि केहि कामहरु भने गर्न सुरु गरिसकेकी छिन् । यसै बीच चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्ष अघि लागू गरेको आचारसंहिता खारेज हुनुपर्ने माग गरेको छ ।
निर्माता संघले चलचित्र विकास बोर्डकी नवनियूक्त अध्यक्ष निकिता पौडेललाई ज्ञापन पत्र बुझाउँदै फिल्म निर्देशन गर्न चाहानेले मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनुपर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान खारेजीको माग गरेको हो । निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था थियो ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मापदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए । यस्तै निर्माता संघले चलचित्र विकास बोर्ड सम्क्ष पेश गरेको माग पत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका फिल्मलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन् । यस्तै निर्माता संघले विकास बोर्डलाई विदेशी नियोगहरूमा नेपाली फिल्म फेस्टिभल गरी नेपाली फिल्मको प्रवर्धन गर्न पनि आग्रह गरेको थियो ।
यस्तै निर्माता संघले बोर्डलाई प्रस्तावित मितिमा कुनै पनि हालतमा बक्स अफिस लागू गर्न आग्रह गरेको छ । त्यसैगरी सेन्सरका सम्बन्धमा पनि निर्माता र सेन्सर बोर्ड बीच थुप्रै असमझारी रहेकाले ती असमझदारी हटाउन बोर्डलाई मध्यस्ता गर्न आग्रह गरेको छ । जवाफमा बोर्ड अध्यक्ष पौडेलले निर्माता संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययन पछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।