WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
पूर्वेली गायक तिर्थराज राईको नया गीत यति बेला रिलिजको तयारीमा रहेको छ । अब मात्र केहि प्रतिशत काम मात्र बाँकी रहेको जानकारी गायक तिर्थराज राईले दिएका छन् । अबको केहि दिनमा नै दर्शक श्रोताहरुले आफ्नो नया गीत हेर्न र सुन्न पाउनु हुने कुरा उनले बताएका छन् । आफ्नो दोस्रो सांगीतिक प्रस्तुतिको रुपमा “बाचुन्जेली जिन्दगी” बोलको गीत उनले रिलिज गर्ने तयारी गर्दैछन् । यो गीत उनको पहिलो एल्बममा समावेश गीत हो । यस गीतमा पनि उनि स्वयमकै शब्द संगीत रहेको उनले जानकारी दिए । त्यस्तै गीतमा गायक तिर्थराज राई र सम्झना ओलीको स्वर समावेश रहेको छ । यस गीतको भिडियो पनि निकै राम्रो तयार भएको उनको भनाई रहेको छ ।

भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायांकन रहेको यस गीतको भिडियोमा भने नायिका रेखा फागो , हेमन हाङ राई र स्नेहा भण्डारीको अभिनय रहेको छ । उनले केहि समय अगाडी “पागलै बनुकी” बोलको पहिलो गीत बाहिर सार्वजनिक गरेका थिए । गीतले राम्रो सफलता हासिल गर्यो । सेन्टिमेन्टल शैलीमा निर्माण भएको गीतले धेरैको मन छोयो । उक्त गीतको सफलताको कारण नै उनले यति बेला नया गीत बाहिर लिएर आउन लागेको उनले बताए । यी २ वटै गीत उनको पहिलो एल्बम “म यस्तो गीत गाउँछु” मा समावेश गीत हो । उनि बिगत १ दशक देखि गीत संगीतमा लागिपरे पनि पहिलो अफिसियल एल्बमको रुपमा भने “म यस्तो गीत गाउँछु” बाहिर लिएर आएका हुन् । यस एल्बममा समावेश अरु गीतहरु पनि बिस्तारै बाहिर लिएर आउने उनले जानकारी दिएका छन् ।

पहिलो पटक सेन्टिमेन्टल गीत देखि अगाडी आएका उनि यसपटक भने रोमान्टिक गीतको साथमा अगाडी आउन लागेको बताए । दर्शक श्रोताहरुलाई फरक फरक स्वाद दिने उदेश्यको कारण आफु नया तरिकाले लागिपरेको उनको भनाई रहेको छ । उनले आफ्नो अबको दोस्रो सांगीतिक कोसेली देखि दर्शक श्रोताहरु खुशी हुने विश्वास ब्यक्त गरेका छन् । दर्शक श्रोताहरु नै सहि मुल्यांकन गर्ने श्रोत भएको हुँदा आफ्नो प्रस्तुतिमा पनि कमजोरीहरु भए सहि ढंगले औल्याएर प्रतिक्रिया दिनुहुन उनले सबै संग अनुरोध गरेका छन् । यस्तै आफ्नो सबैभन्दा ठुलो उर्जा नै दर्शक श्रोताको माया भएको हुँदा सधैब सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि उनले देशमा तथा बिदेशमा रहनु भएका संगीत प्रेमी दर्शक श्रोताहरुलाई आग्रह गरेका छन् ।
हेर्नुस पछिल्लो गीत :