काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली विरामी परेका छन् । चुनावी धपेडीपछि उनी अस्वस्थ भएपछि सबै सार्वजनिक कार्यक्रम केहीदिनलाई रद्द गरेका छन् । उनी केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्ने भएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बस्ने भएका हुन्।
उनका स्वकीय सचिव अनिश दाहालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्कको काम गरिरहेका छन्।