काठमाडौं, १८ साउन । काठमाडौं प्रहरी परिसरले पूर्वडीआईजी तथा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकका अनुसार अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको हो । परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको स्पष्ट पारेको छ ।
सिलवालले आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालतमा प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आदेश दिएको थियो ।
सिलवाल ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।