नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका दिन तथा मतगणनाका बेला सञ्चारकर्मीलाई समाचार संकलन सहज व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
महासंघले विज्ञप्ती निकाल्दै निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सवारी पासको उपलब्धतामा पनि सहजता कायम गर्न आग्रह गरेको छ ।
जिल्ला जिल्लामा सवारी पासको उपलब्धता, मतदानका दिन र गणनाका बेलाको समाचार संकलनमा पत्रकारले समस्या भोगेको जस्ता गुनासाहरु प्राप्त भएको महासंघका उपाध्यक्ष दिलिप थापा मगरले बताए । त्यस्तै महासचिव रमेश विष्टले सबैसँग सूचना विभागको प्रेस पास नरहेकाले वैकल्पिक परिचपयत्रका आधारमा समेत सवारी पासको व्यवस्था मिलाउनुपर्ने बताए ।