झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले वामगठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । धेरै संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको उहाँको आरोप छ ।
झापाको गौरादहमा सोमबार आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निरकुशंता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
उहाँले अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनाव समेत भएकोले विचार पु¥याएर मतदान गर्न आग्रह समेत गर्नुभयो । यस्तै, कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले, माओवादीले लोकतन्त्रको भ¥याङ्ग चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउनुभयो ।
अहिलेको वामगठबन्धन नेपाललाई साम्यवादको जन्जीरमा लैजाने प्रपञ्च मात्रै भएको उल्लेख गर्दै नेता पौडेलले गठबन्धन गरेर केपी ओली र पुष्पकमल दाहाल पछुताउने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार बन्नु भएको झापा क्षेत्र नम्बर ५ को गौरादहमा आयोजित सो कार्यक्रमका काँग्रेसका उम्मेद्वार तथा नेताहरुले कम्प्युनिष्टहरुले देशमा समस्या मात्र निम्त्याउने भएकाले काँगे्रस समाधान गर्न लागिरहने जिकिर गरेका थिए ।