कार्तिक २८,काठमाडौं। गत असोज २३ गते दिउँसै काठमाडौंको शान्तिनगर, खरिबोट नजिक गोली चल्यो । त्यो गोली निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि चलाइएको थियो । गौचनको उपचारकै क्रममा मुत्यृ भयो ।
त्यसपछि काठमाडौंको सुरक्षामाथि प्रश्न चिन्ह पनि खडा भयो । तर एक महिनापछि आज मंगलबार प्रहरीले हत्यामा संलग्न सुटरसहित ५ जनालाई सार्वजनिक गरेको छ । एक महिना सम्म यसकावारे खासै नबोलेको प्रहरी आज हत्यामा संलग्न सुटरसहित ५ जनालाई सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् । घटनामा संलग्न मनोज पुन, समिरमानसिंह बस्नेत, लोपसाङ लामासहित अन्य आठ फरार रहेका छन् ।
पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गर्ने सुटर हुन् । २१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् । त्यस्तै, ३५ वर्षीया शिवजीले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए । विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए । पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ ।
काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो । गोली हानेका व्यक्तिले भागेपछि आफ्नो हुलिया समेत परिर्वतन गरेका थिए । गोली हान्नेले गोली हान्दाँ क्याप र ज्याकेट लाएका थिए भने गोली हानेर भाग्ने क्रममै क्याप र ज्याकेट फालेर हुलिएका परिर्वतन गरे पनि प्रहरीले उनलाई गाृली हानि भाग्दा परिर्वतन गरेको हुलियामै समातेको थियो ।