आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि विवेकशील साझा पार्टीले आफ्नो प्रतिवद्धता पत्र तयार पारेको छ ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुप उपयुक्त हुने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
यस्तै विदेशमा काम गर्ने नेपालीले पनि चुनावमा मतदान गर्न पाउनुपर्ने धारणा रहेको जनाएको छ । यस्तै २० वर्षमा मध्यम आय भएको मुलुक बनाउने लगायतका योजना पार्टीले तयार पारेको छ ।
घोषणा पत्रको सांराश सार्वजनिक गर्दै विवेकशील साझा पार्टीले आउँदो शुक्रबार दिउँसो पौने २ बजे धरहरा परिसरमा आफ्नो पूरा घोषणा पत्र सार्वजनिक गरिने जनाएको छ ।