काठमाडौं । चुनावी तालमेल तथा गठबन्धनमा रहेको नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद शुरु भएको छ । दलिय हठका कारण भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन नै विभाजन हुन पुगेको छ ।
नेकपा एमालेका जिल्ला सचिव हरिशरण लामिछानेले क्षेत्र नम्बर १ को प्रदेश कबाट बागी उम्मेदवारी दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । लामिछानेलाई एमाले जिल्ला संयोजक सोम मिश्रले प्रदेश सभाको समदस्यमा उम्मेदवार प्रस्ताव गरेका थिए ।
‘एमाले भक्तपुरले वामपन्थि गठबन्धन तोड्यो,’ माओवादी युवा नेता डिपी ढकालले भने,‘एमाले नेताहरु अष्टलक्ष्मि शाक्य र जीवनराम श्रेष्ठले आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता लिनु भएन ।’
यसअघि एमाले र माओवादी नेतृत्वबीच भक्तपुरको क्षेत्र नम्बर १ को प्रदेश ‘क’ माओवादीलाई र अन्य सबै क्षेत्र नेकपा एमालेलाई दिने सहमति भएको थियो । सहमति अनुसार माओवादी केन्द्रले क्षेत्र नम्बर एकको क मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको थियो ।
यता नेकपा एमालेले दुवै प्रतिनिधी सभा सदस्य सहित तीन प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको थियो । माओवादीले उनीहरुलाई सघाउने निर्णय गरेको थियो ।नेता ढकालका अनुसार सोमबार बस्ने माओवादी केन्द्रको जिल्ला समिति बैठकले औपचारिक निर्णय लिने छ ।-दियोपोस्टबाट