न्युयोर्कर्को म्यानह्याटनमा भएको आतंकारी हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द गर्नुपर्ने बताएका छन्। ८ जनाको मृत्यु हुने गरि गरीएको आक्रमणमा उजेक्स्तानका २९ वर्षिय सेफुलो साइपोभ संलग्न भएका थिए। सुरक्षा अधिकारिका अनुसार उनको संलग्नता आइएसआइएससँग छ।
७ वर्ष अगाडि डिभी भिसा मार्फत अमेरिका आइपुगेका साइपोभले यो आक्रमणप्रति आफूले गर्व गरेको बताएको सुरक्षा अधिकारीहरुले बताए। ‘अन्तर्वार्ताका क्रममा साइपोभले यसरी आक्रमण गर्दा आफूले गर्व महशुश गरेको बताएका छन,’ न्युयोर्क पुलिस कमिस्नर जेम्स ओनिलसँग संचारमाध्यमसँग भने।
‘डिभि भार्फत अमेरिका आएकाहरुको संलग्नता आतंककारीसंगठनहरुसँग रहेका कारण डिभी लट्री तत्काल बन्द गर्नुपर्छ,’ न्युयोर्क आक्रमणपछl प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।