टेक्सास (अमेरिका)- अमेरिकामा अन्धाधुन्ध गोलीको सिकार भएर घाइते भएकी नेपाली बिद्यार्थी ज्वाला कार्कीको उपचारका लागी सहयोग संकलन शुरु गरिएको छ ।
अमेरिका टेक्सासको डालस स्थित एल सेन्ट्रो कलेजमा अध्ययनरत कार्की आफ्नै अपार्टमेन्ट बाहिर अन्धाधुन्ध गोली चल्दा गोली लागेर गम्भिर घाइते भएकी थिइन् । अध्ययनको शिलशिलामा अमेरिका आएकी ज्वाला गोली लागेर गम्भिर घाइते भएपछि नेपाली समाज टेक्सासले उपचारका लागी आर्थिक संकलन शुरु गरेको छ ।
गत आइतबार राती आफ्नै अपार्टमेन्ट बाहिर अन्धाधुन्ध गोली चल्दा गोली लागेर गम्भिर घाइते भएकी कार्कीको डालस स्थित पार्कल्याड अस्पतालमा उपचार भइरहेको छ ।
घाइते ज्वालालाई भेटेर फर्किएपछि नेपाली समाज टेक्सासका पदाधिकारीहरुले उनको उपचारका लागी आर्थिक संकलनलाई तिब्र पारेको समाजका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार घाइते ज्वालालाई छाती, तिघ्रा लगायतका ८ ठाउंमा गोली लागेको छ यद्यपी उनी खतरमुक्त छिन् ।
श्रीमान काम बाट फर्किन ढिला गरेको तथा अपार्टमेन्टको सांचो उनी संग नभएपछि अपार्टमेन्टको लन्ड्री रुममा श्रीमानको प्रतिक्षामा बसेकी ज्वालालाई एक कालो बर्णको युवकले अन्धाधुन्ध गोली बर्षाउंदा उनलाई शरिरका बिभिन्न भागमा गोली लागेको बताइएको छ । गोली बर्षाउने युवक प्रक्राउ परेको अहिले सम्म जानकारि नभएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
नेपालको पोखरा घर भई बाल्टिमोरबाट केहि महिना अघि मात्रै डालस सरेकी घाइते २४ बर्षिया ज्वालाको उपचारमा सहयोग गर्न नेपाली समाज टेक्सासले सबैमा आग्रह गरेको महासचिव कमल सत्यालले बताउनुभयो ।
गो फण्ड मार्फत सहयोग संकलन तिब्र पारिएको तथा थप जानकारीका लागी सुमन कार्की (612-812-8177)
कृष्ण लामिछाने (214-454-0737) कमल सत्याल (817-300-2169) जुबिन राजभण्डारी (817-609-0893) लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।