बाँके, कात्तिक १६ – बाँके क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका माधवराम खत्री, नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज, संघीय समाजवादी फोरमका लालबहादुर शाह, देशभक्त गणतान्त्रिक मोर्चाका ऋषिराम थारु, राजमोका कमला खडका, विवेकशिल साझा पार्टीका कुसल अधिकारी, नेमकिपाका खडग राज थापा, एकीकृत राप्रपा राष्ट्रवादीका पंकजकुमार शर्मा, नयाँ शक्तिका बुधबहादुर सुनार, राष्ट्रिय जनमुक्ती पार्टीका सोनु गुरुङ र स्वतन्त्र सबिर खाँ,सुरेश कुमार चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेश १ मा नेकपा माओवादी केन्द्रका कृष्ण केसी, नेपाली काँग्रेसका शरदचन्द बर्मा, संघीय समाजवादी फोरमका कमसर खाँ, विवकेशिलका दयारम थारु, देशभक्त गणतान्त्रिक मोर्चाका नन्कु गोडिया, नयाँशक्तिका निसिम खाँ पठान, राजमोका पार्वती कार्की, राजपाका रामकुमार दिक्षित, एकीकृत राप्रपा राष्ट्रवादीका रामचरण चौधरी र स्वतन्त्रबाट अमर खडका, दुर्गाप्रसाद थारु तथा हेमकुमार यादव गरी १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश २ मा नेकपा एमालेका आरती पौडेल, नेपाली काँग्रेसका नारायण प्रसाद गौेडल, राष्टिूय जनमुक्ति पार्टीका गगनबहादुर थापा, विवेकशिल साझा पार्टीका ज्योती परियार, नयाँ शक्तिका डोलेश्वर भट्टराई, फोरम नेपालका प्रमोद कुमार यादव, राष्टिूय शिवसेनाका प्रेमप्रसाद शर्मा, देशभक्त गणतान्त्रिक मोर्चाका प्रेमबहादुर थापाक्षेत्री, नेमकिपाका मुनपसाद आचार्य, राजमोका श्रीराम लामिछाने गरी १ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका पशुपति दयाल मिश्रा, राप्रपाका ओमप्रकाश आजाद, संघीय समाजवादी फोरम नेपालका मो. इस्तियाक राई, राजपाका विजय गुप्ता, राजमोका कृष्णराज पाण्डेय, एकीकृत राप्रपा राष्ट्रवादीका तेजनारायण कँडेल, नेमकिपाका दलबहादुर परियार, राष्ट्रिय जनमुक्ति पार्टीका धनसिंह रानामगर, विवेकशिल साझा पार्टीका नगेन्द्र कुँवर, देशभक्त गणतान्त्रिक मोर्चाका मदन सिंह अधिकारी, नेपाल संघीय समाजवादी पार्टीका मुनब्बर अली हल्वाई, जन समाजवादीका लिलौं दर्जी र नयाँ शक्तिका वेदप्रसाद आचार्य उम्मेदवार रहेका छन । यसैगरी स्वतन्त्रबाट शिव डोटेल, मुगबहादुर शाह, महमुद आलम सिद्धिकी, भिमबहादुर तामाङ्ग, धुवपसाद दाहाल र अव्दुल हकिम हल्वाईको उम्मेदवारी परेको छ ।
यसैगरी प्रदेश १ मा १४ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका निरञ्जनसिंह सिजापती, नेकपा माओवादी केन्द्रका कामता खटिक, संघीय समाजवादी फोरमका विजयबहादुर यादव, राजपाका आशिषकुमार गुप्ता, राजमोका कले दमाई, देशभक्त गणतान्त्रिक मोर्चाका ठाकुरपसाद काफले, एकीकृत राप्रपा राष्ट्रवादीका दीपककुमार चौधरी, नयाँ शक्तिका फकरुल्ला पठान, जनसमाजवादी पार्टीका मेहदी हसन कवडिया, नेपाल संघीय समाजवादी पार्टीका रेखादेबी मिश्रा, नेमकिपाका लोकमान पुन मगर र स्वतन्त्रबाट सरोजकुमार यादव, जशोदा खत्री, अव्दुल गफफारले उम्मेदवारी दर्ता गराएका छन ।