कालोबजारी र भ्रष्टचार बिरुद्ध देशभर एकसाथ अभियानमा लागी परेको नेत्रबिक्रम चन्द बिप्लव माओबादी निकट युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयमसेवका अध्यक्ष झक बहादुर मल्ल (सुदिप )संग सोधीएका १० प्रश्नहरु के जनता फेरी लडन चाहान्छन त ?
१.युवाहरुको मेची महाकाली अभियान पुरा गर्नु भयो के सन्देश पाउनु भयो ? जनताबाट के तपाइहरुलाइ जनताले साच्चीकै साथ दिन्छन जस्तो लाग्यो त ?
– जनतामा यो संसदीय ब्यवस्थाप्रति तिब्र असन्तोष, घ्रिणा र आक्रोश छ । क्रान्तिप्रति आशा र विश्वाश छ । गरिबि, बेरोजगारी र अन्यायले गर्दा पनि होला जनतामा क्रान्तिको अाबश्यक्ता बोध गहिरो गरि भएको पाइयो । आत्मसमर्पणवादी र विसर्जनवादीहरुले रक्षानमा फालेको माओवादी झन्डालाई उठाएर अघि बढ्ने उदघोष गरेकोले आम जनतामा नेकपा माओवादी र महासचिव क. विप्लवप्रति नयाँ आशाको रक्तसन्चार भएको छ । मेचीमहाकाली अभियानमा हामीले पाएको सन्देश यही हो ।
२. यहाँहरुको अभियान दलाल, भ्रष्टाचार र कालाबजारीया बिरुद्ध भन्नुभयो आखीर गर्न केही सक्नु भएन । कतै थर्काएर पाटी संगठन पाल्ने मेसो त मिलाउनु भएको हैन ?
– यो अभियानको मुख्य उदेश्य नै राष्ट्रघात जनघात र भ्रस्टाचार बिरुद्ध युवाहरुमा जागरण पैदा गर्ने थियो । आफ्नो उदेश्य पुरा गर्न यो अभियान मुलभूत रुपमा सफल भएको छ ।यसकाे मुल्याङ्कन त जनताले गर्ने छन । पूर्व मेची देखि महाकालीसम्म पैदल् मार्च गर्दै जनताका बिचमा गरिएका युवाहरुका महान कामलाई न्युनिकरण गरेर हेर्नु सान्दर्भिक नहोला ।
३ .कि प्रचारका लागी मात्रै हो ?
– यो अभियानको वहुआयामिक उदेश्य थियो, छ र रहिरहने छ ।
४ .यहाँहरु युद्ध लडने तयारीमा हुनुहुन्छ रेन्त कुरो केहो नढाँटेर बताइदिनुस कतै लडछु लडछु भनेर जनतालाइ झुक्याइ रहनु भएको त हैन ?
– हामीले युद्ध लड्ने भनेका छैनौँ । नेपालको विद्यमान राजनैतीक ब्यवस्थामा आमुल परिवर्तन अर्थात क्रान्ति गर्ने भनेका छौं । यो कसैलाई झुक्याउन, तर्साउन वा अरु केहि गर्न होइन ।
५. के जनता फेरी लडन चाहान्छन त ?
– नेपालमा मात्रै होइन संसारमै क्रान्तिको आवस्यकता छ । जनता र राष्ट्र मुक्त नहाेउन्जेल क्रान्तिको अपरिहार्यता काएमै रहन्छ । युद्ध त क्रान्तिको एउटा साधन मात्र हो । जनताले आफ्नो मुक्तिकालागि सबै साधनको प्रयोग गर्छन् । त्यो त तत्कालिन परिस्थितिमा भर पर्दछ ।
६.तपाँहरूले युवावादस्ताहरुलाई त शैन्य तालीम दिइरहनु भा छ रे त हो ?
– हामीले गरेका राजनैतिक कामलाई फौजी तालिमसँग जोडेर कसै कसैले प्रचार पनि गरेका छन । यो उनिहरुको देशमा जबर्जस्त युद्ध निम्त्याउन खोज्ने सडयन्त्र मात्रै हो ।
७ .यहाँ फेरी नेपालमा क्रान्ती गर्छु भन्ने पार्टीको सम्रग युवाहरुको नेता हुनुहुन्छ खासमा के छ युवाहरु प्रतिकाे तपाँइको सोच बिचार र योजना के चाहान्छन त युवाहरु ?
– आम युवाहरु देशमा न्यायपूर्ण राजनैतिक ब्यवस्था चाहन्छन् । बिकास र सम्रिद्धी साथै स्वदेशमै रोजगारी चाहन्छन् । बैदेसिक हस्तक्षेपबाट मुक्त स्वतन्त्र र स्वाधिन राष्ट्र चाहन्छन् । जुन कुरा नेपालमा क्रान्तिबाट मात्रै सम्भव छ । अहिलेको दलाल संसदीय ब्वास्था र यसका नेतृत्व कर्ताबाट सम्भव छैन ।
८ . अबको लडाइको मोडल कस्तो हुन्छ के पुरानै तरीकाले संभव छ ?
– लडाईंको मोडेल होइन क्रान्तिको मोडेल को कुरा गरौं । पुरानो तरिकाले त सम्भावना हुँदैन भन्नेमा सबै स्पस्टै हुन्छन् । नयाँ कसरी गर्ने भन्नेमा हो फरक पर्ने । नयाँ गर्ने भनेर कसैले मालेमाका आधारभूत सिद्दान्त परित्याग गरेका छन भने कसैले सम्भावना नै छैन भनेर क्रान्तिबाट भागेका छन । हामीले एकिक्रित जनक्रान्ति गर्ने भनेका छौं । सम्भवतस् अबको क्रान्तिको मोडेल यही हुनेछ ।
९. धेरै लामो जेल जिबन अनि लामो युद्धकालीन शैन्य कमाण्डर जिवन बिताएर यहाँसम्मा पुग्नु भएको छ । भनिदिनुसन के फेरी प्रचण्ड बाबुरामहरुले जस्तै तपाइका नेताहरुले धोका नदेलान भन्ने केही छ र बिश्वास गर्ने आधारहरु के त ?
– हाम्रो नेतृत्व ब्यक्तिगत जीवनमा धेरै अवसरलाई छोडेर आएको हुनाले अब त्यस्तो धोका हुँदैन भन्नेमा विश्वास गर्न सकिन्छ । वर्तमानमा पनि त्यस प्रकारका अवसर नभएको होइन तर सबै नीजी जीवनका स्वार्थलाई परित्याग गरि देश र जनताको निम्ति समर्पित हाम्रो पार्टी नेतृत्वबाट धोका हुने सम्भावना छैन ।
१०. अन्तमा केही भन्नु छ की ?
– तपाईंको यो लोकप्रिय अनलाइन मार्फत आफ्नो र संगठनको विचार राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद ।