बिप्लव माओबादीका नेता तथा स्कुलीगं बिभाग प्रमुख नेता कृष्ण प्रसाद धमला गम्भीर संगको छेटो कुराकानी
१ .शान्ती प्रक्रीयमा आएपछि त माओबादी आन्दोलन धरापमा पर्दै गयो नी सात ओटा कितामा बाँडीयो के माओबादीहरुलाई शान्ती नपचेकै हो त ?
यसलाइ हामीले दन्दबादी दृष्टीकोणबाट हेर्नु पर्छ यान्त्रीक ढंगबाट हेरीयो भने त्यो गलत हुन्छ । हामी यी शान्ती प्रक्रीयाका दिनहरुमा थप बिकशीत भएका छौँ हामीले चुनुवागं बैठक बाट अपनाएको कार्य नितीले शान्ती प्रक्रीया सम्म ल्याएको हो । हामीलाई शान्ती नपचेको भन्ने भन्दा पनि शान्ती नचाहानेलाई हामी नपचेको हो । जो नेपालका संसदबादी दलहरु छन । हामी नेपालमा नयाँ जनबादी क्रान्तप्ी पुरा गर्ने उदेश्य अनुरुप नै आएका र्हाँ र हामी गछौँ । शान्ती उदेश्यसंग सम्बन्धीत होओस हामी मुर्दा शान्ती अर्थात नाममात्रको शान्तीको पक्षमा छैनौ ।
२ . के चुनुवागं बैठक को कार्यनिती गलत थियो त ?
चुनुबागं को कार्यनितीमा २ ओटा बुझाई थिए । खासमा प्रचण्ड बाबुरामहरुको नौटकीले हामीलाई योहालतमा पुरयाएको हो । प्रचण्डको आत्मसर्मपणबादी दृश्टीकोणले आन्दोलनलाई यो स्थीतीमा पुरयाए अर्थात आन्दोलन बिर्सजनबादमा गएर टुगीयो ।
३.. के स्पष्ट बैचारीक कार्यदिशा नै नभएर हो ?
त्यो बिषयमा हाम्रो पाटी भित्र स्पष्ट कार्यदिशा थियो । दिर्घकालीन जनयुद्ध र शहरीया सस्त्र बिद्रोहो फिउजनको कार्यनिती पनि एक बहसको बिषय थियो । प्रचण्ड बाबुरामहरुको आत्मसर्मपण बादी सोचले कार्यदिशामा पनि अलमल पर्न गयो ।
दशबर्षको जनयुद्ध र चार बर्ष सम्म प्रचण्डबाबुरामहरुसंगको संघर्ष र किरणहरुको अक्रमान्यताका बिरुद्ध संघर्ष गरेर नेपाली मौलीकता अनुरुपको हामीले स्पस्ट कार्यदिशा बिकशित गराएर एकीर्कत जनक्रान्तीको कार्य दिशा बिकशित गरेका छौँ र बाँकी क्रान्तीका कार्यभार यसैबाट पुरा गर्ने छौँ ।
४. तपाँहरुले फेरी ससस्त्र संघर्षको कुरा गर्दै हुनुहुन्छ । यथार्थ गर्न खोजेको हो की थर्काउनलाई हो ?
आमुल परीर्वतनको निम्ती ससस्त्र संघर्ष भनेको अपरीहार्य कुरा हो । यो सैद्धान्तीक हिसाबले पनि बिज्ञान संबत छ । यो मुल कुरा सासक बर्गमा निहित हुन्छ । जब उत्पीडन जनताको आवाजलाई राज्यले दबाउन थाल्छ क्रान्ती अनिवार्य शर्त बन्छ । र यो कुरा को फैसला शासक बर्गमा नै निहित हन्छ । जनताकाको अधिकारका लागी बिद्रोहो अनिवार्य कुरा हो । यो थर्काकाउन को लागी हैन ।
५. प्रचण्डले माओबादी आन्दोलनको एकीकरण आबश्यता छ भनेर आहावान गरिहेका छन के यहाँहरु त्यो आह्वानलाई मान्ने पक्षमा हुनुहुन्छ ?
संक्षेपमा भन्नुपर्दा यो एकीकरणको भन्दा पनि धुब्रीकणको कुरा हो । उनिहरुले क्रान्तीको बाटो छोडीसकेपछि यो आफनो पोजीशन बलियो बनाउने चालबाजी र नौटंकी मात्रै हो । यो कुरामा कुनै तुक छैन । र संभब पनि छैन । बाँकी सच्चा क्रान्तीकारीहरुको क्रान्तीका लागी धुब्रीकरया गर्ने हो भने संभब छ ।तर क्रान्तीको हित भन्दा बाहीर रहेरह’ने एकीकरणको कुनै औचित्य छैन ।
६. पाटी त फुटाउनु भयो तर औचीत्य पुष्टी गर्न सक्न भएन नी कुरो पदसंगै जोडीएको आकलन गरीरहेका छन नी ?
यसलाइ पनि हामीले दुइ आँखाले हेनु पर्छ । फुटनको लागी फुटेका हैनौँ हामीले क्रान्तीका बाँकी आबश्यक्ता पुरा गर्न पार्टी पुर्नगठन गरेका हौँ । पाटी त उनिहरुले फुटाएका हुन भन्ने कुरा छर्लग्ैं छ । बाँकी रहयो औचित्य पुष्टीको कुरा हामीले यो डेढ बर्षको अन्तरालमा धेरै काम गरेका छौँ यी कामहरुले पनि प्रष्टयाईरह्ेका छौँ । हामीले के का लागी फुटालेका हौ भन्ने कुरा प्रष्टै छ । पदका लागी भन्ने कुरा भ्रमपुणै प्रचार मात्रै हो । क्रान्तीकारीहरुलाई सिद्धाउने खेलमात्रै हो यो अनाबशयकको लान्क्षाना हो ।।
७.यहाँहरुको भखरै बसेको केन्द्रीय समितिको बैठकले अब ससस्त्र संघर्ष चकाउने भन्ने हल्ला आईरहेको नी कुरो के हो ?
द्यलाल शासकहरुले हामीलाई उत्तेजीत बनाउन खोजेका छन र यो हामीलाइ दमन गर्ने नौटंकी मात्रै हो । जनता र देशलाइृ यस्तै स्थीतीमा राख्न खोजे यी दलालहरुका बिरुद संघर्षका जस्तासुकै रुपहरुपनि हुनसक्छन त्यो कुरा शासकहरुमा निर्भर रहन्छ । हामी बन्दुक उठाउन चाहादैनौँ तर आई परे छोडदैनौँ ।
८.संरचनाहरु पनि पुरै परीर्वतन भएको भन्ने स’नीन्छ के क्रान्तीकालकै संरचनामा जान खोजेको हो त । ?
संरचनाहरु भन्ने कुरा साधन हो मुख्य कुरा लक्ष्य हो । हामी साधन भन्दा पनि साध्यमा जोड दिनाचाहान्छौँ ।
त्यसो हुदा समयनुसार संरचना परीर्बतन हुनु अनौँठो र्हैन । क्रान्तीलाई स्पष्ट ढंगले बडाउनको लागी पाटीले साधनलाई ठिक ढंगले प्रयोग गर्न सक्छ । यो आन्तरीक मामाला हो ।
९. यहाँ पार्टीको स्कुलीन बिभाग प्रमुख हुनु भएछ । अबको स्कुलीन कस्तो खालको हुन्छ र पाट के हो युद्ध की शान्ती ?
धेरै महत्वपुर्ण कुरा हो यो पार्टी जिवनका लागी अनिवार्य छ । यसले पाटीलाई जिउदो राख्नामा मद्धत गर्छ । बैचारीक राजनैतीक दृष्टीले पार्टी बलियो हुना र क्रीयाशील बनाउन पनि चाहान्छँैाँ । कसौटीमा खडा गर्न स्थापना भएको बिभाग हो । यसले पाटीलाई कार्यदिशामा जनता कार्यकता र पाटीलाई सुदृढ बनाउदै लैजान मदत गर्छ । दराजमा थन्केको दर्शनलाइ जनतासामु पुयाउने माध्याम हो । यो बिभाग पाटीपंक्ती र बिचारलाई थप समृद्ध र बलियो बनाउन लागीपर्ने छ । आन्तरीक पक्षलाई मजबुत बनाउन स्थापना भएको बिभाग हो ।
१०.तपाँईहरु राजावादीहरुसंग सहकार्य गरेर फेरी राजसंस्था सहितको ब्यबस्था ढल्काउने तयारीमा हुनुहुन्छ रे त हो ?
यो कुरा सोरै आना बकम्फुसे तर्क हो । यो उल्टो प्रश्नाहो यो काँसेस एमाले र एमाओबादीहरुले गर्न चाहान्छन । छिमेकी राष्टको प्रधानमन्त्री भाजपा का नेता मोदीको इसारामा काँग्रेस भित्रका केही नेताहरु मिलेर राजसंस्था फर्काउन चाहान्छन उनिहरु त्यारीमा छन । देशी बिदेशी शक्तीहरुको चलखेल चलीरहेको छ यसैका लागी ।यो प्रतिगमनलाई बिउताउने प्रबृतीका बिरुद्ध नेपाली जनतालाइ सचेत हुना अनुरोध गर्दछौँ ।
११. अन्तमा के भन्न चाहानुहुन्छ ?
अन्तमा आम मुक्तकामी जनसमुदायहरुलाई हामीले क्रान्तीको झण्डालाई सहयोग र साथ दिना हार्दीक अपील गर्दछु । र नेपालमा क्रान्ती संभब छ र क्रान्तीले मात्रै मुक्ती संभबछ भन्ने कुरा प्रष्ट पार्न चाहानछु । र नेपालबाट बिश्व सर्बहारा बर्गको लागी क्रान्तीको ढोका खुल्ने छ र सिंगो मुलुक अधिकार सम्पन्न हुनेछ त्यो कुरा क्रान्तीबाट मात्रै संभब छ ।भन्ने कुरा प्रष्ट पार्दै म क्रान्तीमा गोलबन्द हुना अनुरोध गर्दछु ।