गाईको मासुमाथि लगाइएको प्रतिबन्धलाई लिएर इस्लामिक स्टेट (आइएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकरलाई ज्यान मार्ने धम्की दिएको छ । प्रधानमन्त्री र रक्षामन्त्रीलाई धम्की दिइएको पत्र गृह तथा सामान्य प्रशासन विभागलाई प्राप्त भएको हो ।
गोवा प्रहरीले यस विषयमा अनुसन्धान थालिसकेको छ । टाइम्स अफ इन्डियासँग कुरा गर्दै आइजिपी भी रंगेनाथनले यो घटनाको अनुसन्धान सुरु भएको बताए । पत्रमा ‘तपाईंहरूले गौ हत्यामाथि प्रतिबन्ध लगाउनुभएको छ, हामी हेर्छौँ,’ लेखिएको थियो । ‘तपाईंहरूले गाईको मासु खान रोक लगाउनुभएको छ, तपाईंहरूको ख्याल राखिनेछ,’ मोदी र परिकरको नाममा पठाइएको पोस्टकार्डमा यस्तो धम्की दिइएको थियो । रंगनाथनले घटनाको आतंकवादविरोधी कोणबाट अनुसन्धान गरिने बताए ।
उनले पोस्टकार्ड स्थानीय तवरबाट पठाइएको पनि जानकारी दिए । प्रहरीले परिकरको सुरक्षा बढाइएको पनि बताएको छ । नयाँ पत्रिका