अफगान सेनाको कारबाहीमा १ सय ३० जनाभन्दा बढी आईएस लडाकु मारिएका छन् । कारबाहीमा दुई दिनभित्र यति ठूलो संख्यामा आईएसका लडाकु मारिएको अफगान सेनाले दावी गरेको छ ।
सेनाले हिजो मात्रै भएको संघर्षमा ८५ जना आइएसका लडाकु मारिएको जनाएको छ । नांगरहार प्रान्तमा आइएसले गरेको आक्रमणका क्रममा जवाफी कारबाही गर्दा आतंकवादीको मृत्यु भएको हो ।
सेना र आतंकवादीबीच भएको संघर्षमा केही सुरक्षाकर्मीको समेत मृत्यु भएको बताइएको छ । आइएसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । अफगानी सेनाले देशका विभिन्न भागमा तालिबान लडाकूबिरुद्ध पनि कारबाही तिब्र पारेको जनाएको छ ।