एजेन्सी १० असोज- चीनका राष्ट्रपति सि जिनपिङले विकासोन्मुख देशहरुको विकासका लागि दुई अर्ब डलरको कोष स्थापना गर्न आग्रह गरेका छन । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले कोषलाई बढाएर १५ वर्षभित्र १२ अर्ब डलर पु¥याउने लक्ष्यकासाथ कोष स्थपनामा जोड दिएका हुन् ।
सभालाई सम्बोधन गर्दै राष्ट्रपति सिले चीनले अतिकम विकसित र टापु राष्ट्रहरुलाई दिएको ऋण मिनाह गर्ने घोषणा गरेको जानकारी गराएका छन् । आगामी पाँच वर्षमा ६ सय ओभरसिज परियोजना ल्याउने र थप छात्रवृत्तिको व्यवस्था पनि गरिने उनले बताएका छन् ।
विश्वभरमा शान्ति र विकासको दुई मूख्य काम गर्न बाँकी रहेको भन्दै राष्ट्रपति सि ले हालै देखिएका शरणार्थी समस्यालगायतका थुप्रैं विश्वव्यापी चुनौति सामना गर्न एकजुट हुनुपर्ने आवश्यकता औल्याएका छन् ।