बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले रोयल एयरफोर्सको ड्रोन हमलामा इस्लामिक चरमपन्थी समूह आईएसमा आबद्ध दुई बेलायती जिहादी मारिएको पुष्टी गरेका छन् ।
प्रधानमन्त्री क्यामरुनले संसदमा बोल्दै गत महिना रक्कामा पहिलो पटक बेलायती सेनाले बेलायती नागरिकमाथि ड्रोन हमला गरेको पुष्टी गरेका हुन् । हमलामा २१ वर्षीय रयाद खान र एबरडीनका रुहुल अमीन मारिएको बताइएको छ । रियाद खानले बेलायतमा एक शक्तिशाली हमला गर्ने योजना बनाईरहेका थिए ।
सिरियामा सैन्य कारबाहीका लागि बेलायती सांसदरु सहमत नभए पनि आत्मरक्षाका लागि सैन्य कारबाही गर्नु परेको क्यामरुनले बताएका छन् । गत २१ अगस्टमा रियादले बेलायतमा रिमोट कन्ट्रोल एरक्राफ्टले आक्रमणको प्रयास गरेका थिए । उनको आक्रमणलाई बेलायती सेनाले बिफल पारेको थियो ।