भारतको आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी हालसम्म ६१ जनाको मृत्यु भएको छ । बाढीबाट हिजो मात्रै पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
बाढी पहिरोबाट विस्थापित भएका करिब डेढ लाख स्थानीय वासिन्दालाई २ सय ७७ शिविरमा राखिएको छ । पीडितलाई राहत सामग्री पुर्याउन नसकिएको बताइएको छ । उद्धार र राहतका लागि भारतीय सेना संलग्न भएको छ । पीडितको उद्धार र राहतका लागि केन्द्र सरकारसँग सहयोग मागिए पनि कुनै सहयोग नमिलेको मूख्यमन्त्री तरुण गोगोईले अरोप लगाएका छन् ।
सरकारले प्रयाप्त राहतका सामग्री उपलब्ध गराउन नसक्दा आफुहरु ठूलो संकटसँग जुध्न बाध्य रहेको बाढी पीडितहरुको भनाई छ ।