युक्रेनको राजधानी किभमा संसद भवन बाहिर भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ५ जनाको मृत्य भएको छ ।
संसदमा रुससँग सीमा जोडिएका पूर्वी क्षेत्रलाई अधिक स्वायत्तता दिने विषयमा एक कानूनमाथि बहस जारी रहेका बेला बाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । संसद भित्र पस्ने कोशिस गरिरहेका प्रदर्शनकारीले प्रहरीमाथि ग्रिनेड प्रहार गरेपछि प्रहरीले स्थिती सामान्य बनाउन बल प्रयोग गरेको थियो ।
प्रदर्शनका क्रममा थुप्रै व्यक्ति घाईते भएका छन् । प्रदर्शनकारीले रुसी सीमामा पर्ने इलाकालाई धेरै अधिकार दिन नहुने भन्दै सर्वसाधारण आन्दोनमा उत्रिएका हुन् । गत फेब्रुअरी महिनामा मिन्स्क शान्ति सम्झौता अनुसार रुस समर्थक विद्रोहीको कब्जामा रहेका क्षेत्रमा धेरै स्वायत्तता दिनका लागि सरकारले विधेयक पारित गराउन लागेको हो । विधेयक पारित भए दोनेत्सक र लुआन्स्कलगातयका क्षेत्रले बढि स्वायत्तता प्राप्त गर्नेछन् ।
संसदमा जारी बहसमा ४ सय ५० सांसदमध्य २ सय ५६ जना सांसदले विधेयकको समर्थन गरेका छन् ।