अफ्रिकी मुलुक चाडमा बोकोहरामका दश जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न स्थानमा विष्फोट गराएको आरोपमा दोषी पाइएपछि दश सदस्यहरुलाई मृत्युदण्डको सजाय सुनाईको हो ।
तीन दिसम्मको बहसपछि मृत्युदण्डको सजायँ सुनाइएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै उनिहरुलाई सजायँ सुनाइएको बताइएको छ नाइजेरियामा सक्रिय बोकाहरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो । बोकोहरामको आतंकले नाइजेरियासँग सीमा जोडिएका अरु देश पनि प्रताडित हुन थालेपछि क्षेत्रीय सेना नै बनाएर कारवाही थालिएको छ ।