सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता मात्रै बढेको छैन यसको प्रयोग गर्ने तरिकाहरु समेत ‘एडभान्स’ बन्दै गैरहेको छ जसले गर्दा सूचना आदानप्रदानसंगै ‘मूडफ्रेश’ का लागि समेत यो उत्तिकै सान्दर्भिक बन्न पुगेको छ ।
आफ्नो भावना व्यक्त गर्ने शैलीलाई रोमान्चक बनाएर आफ्ना साथीभाई माझ प्रस्तुत गर्ने र त्यसबाट आफूतर्फ आकर्षित गर्ने फेसन नै चलेको छ । त्यसो त हरेक सन्दर्भमा बिभिन्न कलाकार, साहित्यकार, व्यंग्यकारहरुको तस्बिरमा आफ्नो भनाई मिलाएर कमेन्ट गर्ने/स्टाटस लेख्ने चलन बढ्दो छ । फेसबुकमा रमाईला फोटोहरु, साहित्यिक रचना, स्ट्याटस र रमाईला रचनाहरु कमेन्ट गरेर एक अर्कालाई मूडफ्रेश बनाउने लहड नै चलेको छ ।