WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वत : स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै आज काठमाण्डौमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आफूहरुलाई स्वत : स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै आज काठमाण्डौको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोडन लागेपछि हस्तक्षेप गरेको हो ।
माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो ।
यता, राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा भोली देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् ।
गएको असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलन उत्रन बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वत : स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिनु भयो । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वत : स्थायी बनाउनुपर्ने माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन ।
नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन ।
-साभार : उज्यालो अनलाइन