WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
भीम उचै ठकुरी, बर्दिया
मंसिर २२ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले भोलीबाटै जब्दीघाट पुलको पुर्न ः निर्माण कार्य शुरु गरिने बताएका छन । मन्त्रालय मातहत रहेका योजनाहरुको स्थलगत अनुगमन निरिक्षण गर्न आज बर्दिया पुगेका महासेठले यस्तो कुरा बताएका हुन ।
मन्त्रालयका उच्च पदस्त सरकारी अधिकारीसहित शनिवार जब्दीघाट पुल निरीक्षण गर्न बर्दिया पुगेका मन्त्री महासेठले भने, जब्दीघाट पुल निमार्णको प्रकृया भोलीदेखि नै शुरु हुने बताएका हुन ।
उनले पुर्व पश्चिम राजमार्गमा नयाँ टेक्नोलोजीबाट कम पैसा खर्च गरेर पनि भत्केका पुलहरु कम खर्चमा छिटाछरितो सरकारले बनाएको स्मरण गर्दै मन्त्री महासेठले आइतवार आफु काठमाडौ पुग्ने बितीकै जब्दीघाट पुल बारे मन्त्रालयमा छलफल गरि उपयुक्त निर्णय लिइ पुर्ननिर्माणको काम शुरु हुने बताए ।
जब्दीघाट पुल बारे सरकार र अख्तियारले आ–आफनो तरिकारले कारवाही र अनुसन्धान प्रकृया अगाडि बढाएको बताउदै मन्त्री महासेठले भने, उसले (पप्पु कन्ट्रक्शन) ले बनाएन भने सरकार आफैले बनाउछ, भोलीदेखि नै प्रकृया शुरु गछौ ।
संघीय सांसद तुलसा थापा, ५ नम्बर प्रदेशका सांसद तिलक प्रसाद शर्मा (हिमाल), गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर), मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसी (कृष्ण), बांसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारी, बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ सहितको टोलि लिएर जब्दीघाट पुलको स्थालगत निरीक्षण गरेका मन्त्री महासेठले आउन जान समस्या नहुने गरी ६ महिनाभित्र जब्दीघाट पुलको पुर्ननिर्माण कार्य सम्पन्न हुने गरि प्रकृया शुरु गर्ने प्रतिबद्धता समेत जनाएका छन ।