विश्व ठकुरी समुदायको सझा थलो ठकुरी सहयोग संजाल जतियता भन्दा माथी उठेर हरेक समुदायको लागि सेवामुखी कार्य गर्दै आइरहेको छ । आफै भित्रबाट अर्थ ब्यबस्थान गर्दै हरेक वर्ष वृहत जमघट, ऐतिहासिक भित्ते पात्रो प्रकासन र ठकुरी शैक्षिक परियोजना लगायत अन्य सेवामुखी कार्य संचालन गर्दै आइ रहेको संजाल यति बेला आर्थिक संकटमा परेको छ । तर पनि संजालका आन्तरिक सदस्यहरूको सहयोग जुटाउदै निरन्तर सेवामुखी कार्यमा ठकुरी सहयोग संजाल सकृय रहेको छ ।
यसै अवसरमा संजालका गतिविधिलाइ निरन्तरता दिन संजालका बरिष्ठ सल्लाहकार तथा सुरुवाती अवस्था देखि सकृय अभियान्ता नरेश सेन र संजालका अध्यक्ष रेशम जङ्ग शाहले संजालको लागि जनही एक-एक लाख सहयोग गरेका छन । सहयोगी नरेश सेन सम्युक्त अरब इमिरेड्सको प्रतिष्ठित कम्पनीका अधिकारी तथा शिलेट टुर्स एण्ड ट्राभलका संचालक हुन भने अध्यक्ष रेशम जङ्ग शाह परिचित चलचित्रकर्मी तथा सफल लघु उधोमी हुन ।
नोट : माथीको तस्विर उहाहरू केही वर्ष अघि ठकुरी एकताको लागि बाजुरा जादा अध्यक्ष शाहको फेशबूकबाट लिइएको हो ।