WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_6.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
अनलाईननेपालगंज डटकम :
नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्न त गार्हो नै छ त्यसमाथि यस क्षेत्रमा टिकेर बस्न भने अझै धेरै गार्हो छ | संगर्ष बिना यो क्षेत्रमा पानि पनि भन्ने अवस्था रहदैन | तर मेहेनत गरे सहि मुल्यांकन अवश्य पनि भएको देखिएको छ र धेरै हद सम्म हुन्छ पनि | यहि सबै कुरालाई बुझेर सम्झेर नव गायक अमर पाख्रिनले पनि यस क्षेत्रमा हात हाले | उनले आज भन्दा १५ दिन अगाडी मात्र यो क्षेत्रमा प्रवेश गरेका हुन् अफिसियल रुपमा भन्दा केहि पनि फरक पर्दैन किन भने उनले १५ दिन अगाडी मात्र आफ्नो पहिलो गीत “मैच्याङले शिरफुल” दर्शक श्रोता माझमा सार्वजनिक गरे |

उनले यहि गीतमा स्वर दिदै आफ्नो सांगीतिक यात्रा सुरु गरे | तामाङ सेलो भर्सनमा रोमान्टिक जनराबाट तयार भएको यस गीतमा संदेश लामाको शब्द संगीत, बोबी राजको अरेन्ज र अमर पाख्रिन र पुर्णिमा लामको स्वर समावेश रहेको छ | तर गीतको अडियो मात्रै रिलिज गरिएको छ म्युजिक भिडियो भने अहिले सार्वजनिक गरिएको छैन | गीतको अडियो मात्र रिलिज भईरहँदा प्रतिक्रिया त राम्रै आईरहेको छ | तर प्राविधिक हिसाबले त्यति धेरै युटुबमा भिवर्स भने प्राप्त भएको छैन | हुन त गीत संगीतको कुनै सिमा हुदैन यस हिसाबले गीत संगीतलाई प्राविधिक हिसाब सम्म राख्नु उचित भने पक्कै हुदैन | तर गीत निकै राम्रो बनेको छ |

अमर पाख्रिनको पहिलो प्रयास साच्चै नै तारिफ योग्य नै रहेको छ | हुन त पहिलो प्रयासमा कतिपय ठाउँमा त्रुटीहरु अवश्य पनि भए होलान | तर सुरुवात भने केहि गर्न सक्ने संकेत हिसाबले नै भएको मान्न सकिन्छ | गायनको हिसाबले उनले आफ्नो स्वरमा सुधार दिनु जरुरी रहेको धेरैले सुझाब दिए | यसको मनन अवश्य पनि गायक अमर पाख्रिनले गर्नेछन् | उनले त निर्धक्क संग नै आफ्नो कमि कमजोरी औल्याएर आफुलाई बताईदिनुहुन पनि सबै दर्शक श्रोता संग अनुरोध गरेका छन् | दर्शक श्रोताको सुझाबबाट नै आफु अगाडी बढ्ने उनले बताएका छन् |

अबको दिन उनको लागि सजिलो भने छैन त्यो धेरै हद सम्म उनलाई पनि थाहा छ | सायद उनले अबको दिन कसरी अगाडी बढ्ने भनेर केहि सोचेका पनि होलान तर मेहेनत र संगर्ष उनले अझ धेरै नै गर्नुपर्ने छ | दर्शक श्रोताको नजरमा आफ्नो उचित पहिचान बनाउन उनले कति हद सम्म प्रयास गर्न सक्ने हुन् त्यो भने समयले नै बताउने छ | तर उनको प्रयासलाई भने तारिफ गर्नु नै पर्छ | उनि प्रवासी गायक हुन् | उनि हाल मलेसियामा बसेर यो क्षेत्रमा प्रवेश गरेका छन् | विदेशी भूमिमा दुख गरेर त्यहिबाट नै समय निकालेर यो क्षेत्रमा खर्चिनु सक्नु सबैले गर्न सक्ने कुरा पनि होइन |

तर गायक अमर पाख्रिन भने आगामी दिन अझ मेहेनतको साथमा लागिपर्ने पक्षमा रहेका छन् | यस्तै उनले दर्शक श्रोताको साथ र हौसलाले नै आफुलाई अगाडी बढ्न मदत गर्ने समेत बताएका छन् | पहिलो प्रस्तुति हेरेर आफुलाई प्रतिक्रिया दिनुहुने सबै प्रति उनले आभार समेत प्रकट गरेका छन् | यस्तै उनले आगामी दिन पनि सुझाब दिनुहुन समेत आग्रह गरेका छन् | उनको आवाजको स्तर आगामी दिन कसरी निखारीदै जाने छ र उनको पहिलो गीतको म्युजिक भिडियो कस्तो निर्माण हुनेछ त्यो हेर्न केहि समय पर्खिनै पर्छ |
हेर्नुस गीतको अडियो :