WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
दाङ- प्रदेश राजधानी दाङ हुनुपर्ने माग राख्दै अाह्वान गरिएको अनिश्चितकालीन अाम हडतालकाे प्रभाव बुधबार बिहानैदेखि परेकाे छ।
बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रिएका छन्। पूर्वपश्चिम राजमार्गमा टायर बालिएकाे छ। ‘सरकारले दाङको सम्भावना हुँदाहुँदै अन्यत्र राजधानी ताेक्ने तयारी गरेकाे हुँदा सरकारलाई दबाब दिन सडकमा अाउन बाध्य भयाैँ,´देउखुरी उद्योग वाणिज्य सङ्घका सचिव कृष्ण घिमिरेले भने, ‘राजधानी नताेकिँदासम्म सडक छाड्दैनाैँ।’
दाङको घाेराही, तुलसीपुर, लमही क्षेत्रमा राजधानी माग गर्दै बुधबार बिहानदेखि नै प्रदर्शन सुरु भएको छ। राजधानी माग गर्दै सुरु भएको अाम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन्।
सरकारले दाङमा प्रदेशस्तरीय उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिसकेको छ।