नेपालगन्ज पौष १३ । पूर्व राजा नेपालगञ्ज पुगेपछि उनको स्वागत गर्न ठुलो संख्यामा सर्वसाधारण नेपालगञ्ज विमानस्थल पुगेका थिए । विमानस्थलमा केही समय पूर्वराजा शाहले पैदल नै हिडेर शुभचिन्तक र सुवेच्छुकहरुले दिएको फुलमाला लिएका थिए । सो क्रममा राजावादी संघसंस्थाका प्रतिनिधिले उनको पक्षमा नारावाजी समेत गरेका थिए ।
पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उद्घाटन गर्ने कार्यक्रम छ । शाह दम्पती करिव दुई साता पश्चिम नेपालमा रहने बताइएको छ । सो क्रममा शाह दम्पतीले केही धार्मिक क्षेत्रको भ्रमण गर्नुका साथै आफ्ना शुभचिन्तकसँग पनि छलफल गर्ने बताईको छ ।
पुर्व राजा ज्ञानेन्द्र शाहका साथमा पुर्व रानी कोमल शाह,पुर्वराजाकी बुहारी हिमानी शाह आएका छन । राजा शाहले नेपालगन्जमा रहेका मठमन्दिरको पूजापाठ, दर्शन गर्ने, होटल सोल्टीको उद्घाटन गर्ने र शुभेच्छुकहरु भेट्ने कार्यक्रम रहेकोछ ।
अधिवक्त दिपक सिंहको संयोजकत्वमा २ सय १ सदस्यीय देशभक्त नागरिक स्वागत मुल समारोह समितीले पूर्व राजा शाहको स्वागत गरेको हो । सिहको संयोजकत्वमा गठित स्वागत मुल समारोहमा अधिवक्ता भुवनकृष्ण श्रेष्ठ सह–संयोजकमा र मख्खनकुमार नाग कोषाअध्यक्ष रहनुभएको छ ।
पुर्व राजाको स्वागतमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्ता समेत स्वागतका लागि विमानस्थलमा पुगेका थिए । पुर्व राजा नेपालगन्जमा आएपनि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।