WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
दाङको तुलसीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । तुलसी बोर्डिङ स्कुल नजिकै भएको बम विस्फोटमा एक म्यादी प्रहरीसहित आठ जना घाइते भएका छन् ।
अन्य गम्भिर घाइतेहरु बबई गाउँपालिका–६ पञ्चकुलेका ३६ वर्षीय नेपबहादुर खत्री, तुलसीपुर–७ डाँडापातुकी २२ बर्षीया जेनी डिसी र बागचौर नगरपालिका–२ थारमारे सल्यानकी ४० बर्षीया देवी डीसीको पनि नेपालगञ्जमै उपचार भैरहेको छ ।

मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोकदेखि एक सय मिटर पश्चिम सडकमा मंगलवार अपरान्ह चार बजे बम फयाँके लगत्तै ठूलो आवाजमा विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।