WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपालगन्ज । भारतबाट नेपाल तर्फ हातहतियार ल्याउदैं गरेको सूचनाका आधारमा प्रहरीले बाँकेमा हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धान समुह नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार डुडुवा गाउँपालिका वडा नं. ६ बल्दीपुरुवाबाट हतियार सहित पक्राउ गरेको हो ।
भारत जिल्ला बहराईच रुपैडिया केवलपुर ग्राम बस्ने ५३ वर्षिय पर्शुराम पासीलार्इ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
भारतबाट नेपाल तर्फ अाउँदै गर्दा चेकजाँच गर्दा पर्शुराम पासीलाई दुर्इ थान कटुवा पेस्तोल थान, सो मा प्रयोग हुने एक थान खाली खोका सहित नियन्त्रणमा लिएको प्रहरी भनाई छ ।
पासीसंगै रहेका डुडुवा गाउँपालिका वडा नं. ६ बस्ने ५० वर्षिय राजेन्द्र कुमार गाेडिया चेकजाँचकाे क्रममा भागेका थिए ।
राजेन्द्र कुमार गोडियाको खोज तलाशको लागि निजको घर वतनमा गई तलासी लिने क्रममा निजको घर कोठा भित्र लोड अवस्थामा रहेको एक थान भरुवा बन्दुक समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।