WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
सडकमा सार्वजनिक सवारी न्यून चलेका छन्। ठाउँठाउँमा गाडी कुरिरहेका यात्रु देखिन्छन्। शिक्षण संस्था बन्द छन्। सडकमा सवारी पातला छन्। मान्छेहरु हिँडिरहेका छन्। तर कसैलाई थाहा छैन, किन र कसले बन्द गरेको हो?
यसअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द गरेको हल्ला चलेको थियो। तर चन्दले सो पार्टीले हिजो नै आफूहरूले बन्द नगरेको बताइसकेको छ।
अर्को हल्ला पनि छ, बर्हिगमित पूर्वलडाकुले बन्द गरेको रे। बर्हिगमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्टले आफूहरुको नाम जोडेर हल्ला फिजाइएको बताए।
‘हामीले बन्द गरेका छैनौं, हाम्रो नाम जोडेर फैलाइएको हल्लामात्र हो,’ बिष्टले भने।
नेपाल प्रहरीले देशका कुनैपनि ठाउँमा बन्द गराउन खोज्ने कोही फेला नपरेको जनााएको छ। प्रहरी प्रवक्ता मनोज नेउपानेले गाडीहरु कम चलेको भएपनि कसैले रोकटोक नगरेको बताए।
‘सबैतिर हल्ला रैछ, तर कसैले आज बन्द आह्वान गरेको छैन,’ नेउपानेले भने।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आफूहरूलाई बन्दको आधिकारिक जानकारी नदिएको र सबै गाडीहरू चलिरहेको बताए। ‘केही नचलेका होलान् तर धेरै गाडी चलेका छन्,’ सिटौलाले भने। सेतोपाटी