WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौँ, १२ साउन । ‘कम्युटर इमर्जेन्सी रेस्पोन्स टीम अफ इन्डिया’ले जनाए अनुसार तपाईको कम्प्युटरमा एउटा नँया भाइरसले निशाना लगाइरहेको छ । जानकारी अनुसार यो भाइरस ट्रोजन भाइरसको क्याटागोरीमा पर्दछ । गोरोटेड नाम गरेको यो भाइरसले तपाइको कम्प्युटर भित्र सजिलै पसेर तपाईको पर्सनल जानकारी समेत चोर्न सक्दछ । यदि बलैमा सावधानी अपनाइएन भने विशेष बैकिङ्ग क्षेत्रमा यो भाइरसले खतरा निम्त्याउन सक्दछ ।
यसरी घुस्दछ कम्प्युटरमा यो गोरोटेड भाइरस
सीइआरटीले जनाए अनुसार गोरोटेड भाइरस तपाइको कम्प्यूटरमा आउने इमेलहरु र एटेचमेन्ट फाइलहरुबाट घुस्दछ । यो भाइरसबाट आएको हेर्दा इमेल साहै्र नै सक्कली र डिजाइनदार हुन्छन ।
गोरोटेड भाइरस एक पटक कम्प्युटरमा घुसेपछि युजरको पर्सनल जानकारीहरु चोर्दछ । जसमा कम्प्युटरको नाम लोकल समय र मिति, इन्टरनेट प्रोटोकल, ठेगाना, कम्प्युटरमा इन्स्टल गरिएको सेक्युरिटी सफ्टवेयर लगायत अन्य व्यक्तिगत फाइलहरु कव्जा गर्न सक्दछ ।
यसरी चोर्दछ डाटा
यो भाइरस तपाइको कम्प्युटर सिस्टममा एक पटक घुस्यो भने यसले स्क्रीन सट केप्चर गर्ने,सेभ गरिएको पासवर्डको लागि वेभ व्राउजर स्क्रेप गर्ने,ब्राउजीङ्ग हिस्ट्री आदिको बारेमा जानकारी चोर्ने आदि गर्न सक्दछ । यसका साथै इमेलको डिटेल लगायत तपाइको कम्प्युटरमा भएको गोप्य फाइलहरु समेत चोर्न सक्दछ ।

यसरी गर्नुस बचावट
सीआरटीले जनाए अनुसार यस भाइरसबाट बच्नको लागि आफ्नो सिस्टममा एन्टी मालवेयर इन्स्टल गर्नु पर्दछ र निरन्तर कम्प्युटर स्क्यान गर्दै अपडेट गर्नु पर्दछ ।