WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ को गीत पात्रका लागि राखिएको दोश्रो चराणको अडिसन सकिएको छ। २७१४ बाट २५ जना उत्कृष्ट छान्दै आसुसेन फिल्म्स प्रोडक्सनले दोश्रो चरणको अडिसन गरेको हो। चलचित्र प्रेमगीत टिमले फिल्मको मुटु पात्र गीत छान्न कुनै हेल्चेक्राई नगरी प्रत्येक दिन ६÷६ जना को अडिसन लिदै तेश्रो दिनमा अडिसन सक्काएको हो। विदेशमा रहेका २५ मध्ये ७ जनाको अडिसन भने पूर्वनिर्धारित तरिका भिडियो ईमेलबाट हुनेछ।
निर्माता सन्तोष सेन र छेतन गुरुङले एक साथ निर्देशन गर्न लागेको चलचित्र प्रेम गीत ३ का नायक प्रदिप खड्का रहने नरहने अझै टुङ्गो छैन। प्रेम गीत र प्रेम गीत २ को गीत पात्र भन्दा धेरै सशक्त भूमिका प्रेम गीत ३ को गीतको हुने भएकाले गीत पात्रको अडिसनको प्रोसेस कठिन बनाइएको थियो।
यो अडिसन पश्चात पनि वर्कसप गराएर सबै भन्दा उत्कृष्टलाई गीतको रुपमा छनौट गर्ने कुरा निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन्। चलचित्रको छायांकन पहाडी भेगमा हुने भएकाले स्वास्थ्यलाई पनि मध्यनजर गर्दै गीत छान्ने कुरा उनले बताए। नेपाली चलचित्र क्षेत्रमा सधैं केही फरक गरौ भन्ने धारणा राख्ने सेनले यसरी चलचित्रकै सेट बनाएर नेपालमा पहिलो पटक स्ट्यान्डर्ड र फर्मल अडिसन गराएका हुन्।