WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
नेपालमा पहिलोपटक रोमान्टिक चलचित्रको ब्राण्ड स्थापित गरेको “प्रेमगीत” को तेश्रो संस्करण अहिले देशभरका चलचित्रप्रेमीहरुको चर्चाको विषय बनेको छ। “गीत”को पात्रको लागि निर्माण पक्षले आह्वान गरेको अडिसनमा आएको व्यापक सहभागिताबाट उत्कृष्ट २५ सम्भावना बोकेका कलाकारहरुको छनौट पनि भैसकेको छ र यो संगसंगै यी २५ मध्य “गीत” को बन्ला भनेर सबैले आफ्नो अनुमान पनि लगाई नै रहेका छन्। “प्रेमगीत” सिरिजमा प्रेम र गीतको पात्रले उतिक्कै महत्व बोक्ने गरेका छन्। त्यहि भएर होला ठुलो पर्दामा आफुलाई गीतको पात्रमा देख्ने धेरै नै युवतीहरुको चाहना भएको भेटियो। आएका २७१४ आवेदनहरुमा नयाँ अनुहार लगायात केहि पहिल्यै देखेका कलाकारहरुको मिश्रण देखियो।
पहिल्यै ठुलो पर्दामा देखा परेका नायिकाहरु मध्य सय कडा दसकी नायिका करुणा श्रेष्ठ, हृदयभरीकी नायिका श्रद्धा क्षेत्री, लभ यु बेबी कि नायिका पुजा तिवारी, यो माया कस्तो मायाकी नायिका ऋतु पौडेल र चि मुशी चि कि नायिका अलिशा शर्मा चलचित्रलाई सुहाउदो उत्कृष्ट २५ को छनौटमा परेका छन्। यी ५ बाहेक भने अरु सबै दर्शकहरुले अहिले सम्म नदेख्नुभएको अनुहारहरु छन्। यस्तोमा आउने दिनमा यो हेर्न सबै दर्शकहरु उत्सुक हुनेछन कि सिरिजको तेश्रो “गीत” नयाँ अनुहार मध्यकी कोहि हुनेछन कि पुराना ?
आशुसेन फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको यो पाचौ चलचित्रको निर्देशक, क्यामराम्यान र कोरियोग्राफर लगायतका क्रिएटिभ टिमले यसको निर्णय लिनेछन। अहिलेको लागि भने सबैलाई शुभ कामना। यहि चैत्र २८ गते प्रदर्शनको लागि आफ्नो मिति तोकेको चलचित्र “प्रेमगीत ३”लाई निर्देशक छेतन गुरुङ्गको साथमा निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन्।