बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा रहेको मटेहिया स्वास्थ्य चौकीमा निर्मित प्रसुति गृहको हस्तान्तरण सगैं उद्दघाटन गरिएको छ ।
शुक्रबार एक समारोहका बीच मटेहिया स्वास्थ्य चौकी संञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ कै वडा अध्यक्ष कृष्णा चन्द्र मौर्यले रिवन काटेर उद्दघाटन गर्नुभएको हो ।
हेल्थब्रिज फाउन्डेसन अफ क्यानडाको आर्थिक सहयोग तथा नरैनापुर गाउँपालिकको समन्वयमा आइएनएफ नेपाल बाँके द्धारा संञ्चालित मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजना अन्र्तगत सुरक्षित मातृत्वका लागी शौचालय बाथरुम सहितको एक कोठे प्रसुति गृह निर्माण गरिएको छ ।
जसको कुल निर्माण लागत रकम १२ लाख ८ हजार १ सय ८८ रुपैयाँ रहेको आइएनएफ बाँके एमएनसिएच प्रोजेक्टका सब इन्जिनियर प्रेम खड्काले जानकारी दिनुभयो ।
निर्माण सामाग्री टेण्डर प्रक्रियाबाट खरिद गरिएको हो भने श्रमिकहरु स्थानिय प्रयोग गरिएको छ । उहाँका अनुसार गागापुरमा २ कोठे र फत्तेपुरमा १ कोठे वेइटिङ हल निर्माण गर्ने योजना पनि रहेको छ ।
स्वास्थ्य चौकीका प्रमुख तथा हेल्थ असिस्टेन्ड सद्दाम हुसेन खानको कार्यकालमा निर्माण भएको यो प्रसुति गृहबाट त्यसक्षेत्रका धेरै महिलाहरुले लाभ लिने विश्वास लिईएको छ ।
सहभागी अतिथीहरुले आइएनएफलाई धन्यबाद दिदै उच्च प्रशांसा सहित कदर पत्र हस्तारण गरेका थिए भने आइएनएफका जिल्ला संयोजक अभिशेष बिक, आर्थिक प्रशासन शाखाका दिपक चौधरीले आगामी दिनमा पनि थप यसैगरी सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य चौकीका सहसंयोजक नगेन्द्र कुमार शाह, आइएनएफका प्रोजेक्ट अफिसर रेखा रावल, टिम लिडर किरन सुनार लगायतका ब्यक्तित्वहरु सहभागी रहेको कार्यक्रम संञ्चालक नविन बुढा क्षेत्रीले जानकारी दिनुभयो ।
आइएनएफले राप्तीसोनारी गाउँपालिका अन्र्तगत पर्ने ३ वटा स्वास्थ्य संस्थाहरु बैजापुर, बिनौना र फत्तेपुर अनि नरैनापुर गाउँपालिका अन्र्तगत पर्ने स्वास्थ्य संस्थाहरु कटकुईया, लक्ष्मणपुर, कालाफाँटा, मटेहिया, नरैनापुर, गंगापुरमा एमएनसीएच प्रोजेक्ट अन्र्तगत सरोकारवालाहरु सँगको समन्वयमा सहयोगका कार्यक्रम संञ्चालन गर्दै आएको छ ।
बिद्युतको पहुँच नपुगेका स्वास्थ्य संस्थाहरुमा सुत्केरीआमा, बच्चा र अन्य बिरामीहरुको सहजताका लागी भन्दै बैजापुरमा रहेको स्वास्थ्य संस्थामा ३ हजार वाटको सोलार, लक्ष्मणपुरमा १८ वाटको सोलार र गंगापुरमा पनि १२ सय वाटको सोलार उपलब्ध गराएको जनाएको छ ।
-प्रेम विश्वकर्मा, नेपालगंज । गुडन्युज राष्ट्रिय साप्ताहिक पत्रिकामा खबर छ ।