सिंहवाहिनी नृत्य कला मन्दिर भुरीगाँउ बर्दियाले करेन्ट लागेर दुवै हात गुमाउनुभएका सुरेश कुमाललाई आर्थिक सहयोग रकम उपलब्ध गराएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर.१ कुशुममा रहेको कुमालकै घरमा पुगेर अध्यक्ष तारा केसी र कोषाध्यक्ष सिमा चन्दले आर्थिक सहयोग रकम प्रदान गर्नुभएको हो ।
काँचुली मिडिया प्रा.लि.ले संञ्चालन गर्दै आएको सहयोग अभियानमा एक्यवद्धता जनाउँदै कुमाल दम्पत्तीलाई ५१ हजार १ सय रुपैयाँ उपलब्ध गराईएको अध्यक्ष तारा के.सी.ले जानकारी दिनुभयो ।
कुमालको सहयोगार्थ जापानमा रहेका नेपाली नागारिक द्धय अरुण क्षेत्री र भगवान भण्डारी लगाएतका ब्यक्तिहरुले १ लाख (जापानी रकम) उपलब्ध गराएपछि सहयोग गरिएको हो ।
अध्यक्ष केसीले भन्नुभयो, “हामीलाई जापानमा बस्ने साथीहरुले केही रकम उपलब्ध गराउनुभएको थियो, सोही रकममध्येबाट पहिलो चरणमा कुमाल दम्पत्तीलाई ५१ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरेका छौं ।”
सिंहवाहिनी नृत्य कला मन्दिरका कोषाध्यक्ष सिमा चन्दले दुबै हात गुमाउनुभएका सुरेश कुमाललाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक क्रियाकलापमा नेतृत्वदायी भुमिका खेल्दै आएको सिंहवाहिनी नृत्य कला मन्दिरले पहिलो पटक शारीरिक रुपमा असक्त ब्यक्तिलाई सहयोग गर्ने अवसर पाएको छ, यो आफैमा गौरवको कुरा हो, आगामी दिनमा समेत सहयोग अभियानलाई निरन्तता दिनेछौं ।”
आर्थिक सहयोग रकम प्राप्त भएपछि थप हौसला बढेको प्रतिक्रिया दिदै सुरेश कुमालले सहयोगी हातहरुबाट प्राप्त रकमलाई आय आर्जनको काममा लगाउने जानकारी दिनुभएको छ ।
श्रीमान अपाङग भएकै कारण घरपरिवार र समाजबाट पनि अपहेलीत हुनुपरेको दुखेसो पोख्दै कुमालकी श्रीमती यलिना कुमालले भन्नुभयो, “आफ्नो परिवारले हामीलाई राम्रो नजरले हेर्दैैैनन, बस्ने–खाने ठाँउको कुनै टुङगो छैन, तपाईहरुको सहयोगले केही गर्ने हिम्मत बढेर आएको छ ।” कुमाललाई सहयोग गर्न चाहने ब्यक्तिहरुले ९८६८०२३९०२, ९८४८२२०३७८, ९८६४८५५८०७ वा ९८५८०३६८९६ मा सम्पर्क गर्न सकिनेछ ।