हुलाकी राजमार्गमा चल्ने प्रत्येक पटकको सवारी साधानहरुबाट अनाधिकृत रुपमा रकम उठाएको आरोपमा ३ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरु शिवम ट्रेर्डस एण्ड साप्लार्सका मान्छेभएको जानकारी प्राप्त भएको छ ।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवाश्यक कारबाहीका लागी जिल्ला प्रशासन कार्यालय बाँके बुझाईएको प्रहरी स्रोतको भनाई छ ।
डुडुवा गाउँपालिका क्षेत्रमा अनाधिकृत रुपमा नदीजन्य सामाग्री ओसार पसार गर्नेहरुबाट अनुमति नलिई शुल्क उठाउने अन्य ब्यक्ति, सामुदायिक वन, समूहहरुको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । अनाधिकृत शुल्कका बिषयमा मंगलबार अनलाईन नेपालगंजबाट समाचार सार्वजनिक भएको थियो ।
यो पनि हेर्नहोस । https://onlinenepalgunj.com/2019/03/19/7973