बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित भएका छन् । डुडुवा गाउँपालिका वडा नंम्बर. ६ हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रको संयोजकत्वमा ९ सदस्यीय वडा अध्यक्ष महासंघ गठन गरिएको हो ।
जिल्लामा रहेका ८१ वटै वडाका अध्यक्षहरुको आज बसेको भेलाले संस्थागत हकहितका लागि तदर्थ समिति गठन गरेको हो । संस्थागत हकअधिकार सुनिश्चिताका लागि संगठित वडा अध्यक्षहरुको तदर्थ समितीले विशेषत : विधान निर्माण लगायतका काम गर्ने जनाइएको छ ।
समितीको उपसंयोजकमा नेपालगञ्ज–२ का वडा अध्यक्ष सुनिलसिंह हमाल रहनु भएको छ । यस्तै सदस्यहरुमा जानकी गाउँपालिका– ६ का सुरेश अहिर, नेपालगञ्ज–७ का जुम्मन खाँ, खजुरा– ७ का अतीउल्ला खाँ, नरैनापुर–४ का दिनेश शर्मा, राप्ती सोनारी–९ का महाविर ओली, वैजनाथ–५ का मानबहादुर खत्री, कोहलपुर–८ का रेशम बहादुर खत्री रहनु भएको छ ।
विधान मस्यौदा समिती गठन गरेर सो मार्फत विधान बनाइने अध्यक्ष मिश्रले जानकारी दिनु भयो ।