WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
संघिय सांसद विमला विकले महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड निशुल्क वितरण गर्नुपर्ने बताउनुभएको छ । उहाँले कण्डम निशुल्क वितरण गर्ने प्रचलन भए पनि प्याड किन निशुल्क नभएको भनी प्रश्नसमेत गर्नुभयो ।
आज संसदमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उहाँले भन्नुभयो, ‘म सानो कुरा भन्न चाहन्छु समामुखज्यू ।
हामीले हाम्रो शौचालयहरुमा कण्डमलाई फ्री बनाएका छौं तर, महिला महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्राहरु अथवा प्याडलाई फ्री गराउन सक्यौं कि सकेनौं ?’ सांसद विकले संघीय संसदकै महिला शौचालयमा पनि प्याडको व्यवस्था नभएको उल्लेख गरिन् ।
‘हाम्रो संसदको शौचालय, महिला शौचालय, त्यहाँ प्याडको व्यवस्था छ ? छैन’, उहाँले भन्नुभयो, ‘हामी महिलाहरु पनि माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै ? म प्रश्न गर्न चाहन्छु ।’
उहाँले छाउपडी प्रथा जघन्य अपराध भएको जिकिर पनि गर्नुभयो ।
-साभार : अनलाइन खबर