मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आशंकामा पक्राउ परेका ब्यक्तिहरुको ७ दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिएको एउटा सुचना अनुसार ३ जना ब्यक्तिलाई शनिबार दिउँसो साढे ३ बजे पक्राउ गरिएको हो ।
१८ र २० बर्ष उमेर समुहका युवतिहरुलाई प्रलोभनमा पारी भारत तर्फ लैजादै गरेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक लक्ष्मण ओलीको कमाण्डमा प्रहरी टोली खटेको थियो ।
नेपाल भारत सिमा नाका बलैगाउँ नजिक बढैयाताल गाउँपालिका वडा नम्बर ८ कर्णालीपुरबाट २ दुईजना युवति सहित ओसार पसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको थियोे ।
पक्राउ पर्नेमा रसुवा जिल्ला साबिक यार्सा गा.वि.स.वडा नम्बरं. ५ हाल यार्सा गाउँपालिका वडा नंम्बर. १ का २४ बर्षिय कामी थोक्रा, सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नम्बरं.१२ का ४१ बर्षिय ओकिल बहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बरं. ५ का ४५ बर्षिया मैमी कुमारी सार्की रहेका छन ।
उनीहरु मानव बेचबिखन तथा ओसारपसारमा संलग्न देखिएकोले मुद्धा दर्ता गरी अनुसन्धानका लागी म्यादथप गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताउनु भएको छ । उद्दार गरिएका युवतिहरु कहाँँका हुन भन्ने बारेमा भने केही खुलाईएको छैन ।