WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बाँके(कुसुम), माघ ११- बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित राप्ती नदीको भम्का–बैरिया घाटमा झोलुंगे पुल बनाउन शुक्रबार शिलान्यास गरिएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री र गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले धार्मिक विधी पुर्वक शिलान्यास गरे । दुई करोड ७६ लाख रुपैयाँको लागतमा उक्त पुल बन्न लागेको हो । भम्का-बैरिया घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झौता भई काम समेत सुरु भईसकेको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट बन्न लागेको उक्त पुलको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न हुने विश्वास गरिएको छ । ठेकेदार कम्पनीले आगामी दशैसम्म काम सम्पन्न गर्ने आश्वासन दिएको छ । पुलको शिलान्यास भएपछि राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले झोलुंगे पुल बनेपछि बिकट गाउँको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पुर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘झोलुंग पुल बनेपछि अब डुंगाबाट नदीमा यात्रा गर्नुपर्ने छैन, पुलबाट गाउँसम्म जोड्ने बाटो र पुल पुलेसा आवश्यक परेको खण्डमा हामी कत्तिपनि कन्जुस्याई गर्ने छैनौं,’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष खत्रीले पुल नहुँदा नदीपारी रहेका बासिन्दालाई आवत–जावत गर्न विगतमा समस्या हुने गरेको स्मरण गर्दै पुल बनेपछि धेरै राहत मिल्ने बताईन् । ‘बर्षौदेखी डुंगाको साहारामा यात्रा गर्नु सामान्य कुरा होईन, यहाँका जनता महान हुनुहुन्छ,’ उनले भनिन् ‘अब विगतको जस्तो दुःख कष्ट बेहोर्नुपर्ने छैन ।’ ठेकेदारले दु्रत गतिमा काम अगाडी बढाउने स्थानीय बासिन्दा समेत रहेका क्षेत्रीय सभापति खत्रीले विश्वास गरे । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भम्का–बैरियालाई जोड्न झोलुंगे पुल निर्माण गर्ने निर्णय मन्त्रालयले गरेको स्मरण गर्दै उनले भने, ‘मन्त्रालयबाट त्यतिबेला पुलको योजना प¥यो, तर केही प्राविधिक समस्याले पुनः सर्वे गर्नुपर्ने भयो, त्यसकारण निर्माणको काम गर्न थोरै ढिलाई भयो, ढिलै भएपनि अहिले काम सुरु भईसकेको छ, ठेकेदारले तोकेको समयभित्र सम्पन्न गर्नेमा हामीलाई विश्वास छ ।’ झोलुंगे पुल बनेपछि राप्तीनदी वारपार गर्न धेरै राहत मिल्ने विश्वास गरे ।
नदीले बर्षेनी खेतीयोग्य जमिन कटान, पटान र डुबान गर्दै आएको छ । झोलुंगे पुल नहुँदा बर्खायाममा राप्ती नदीमा जोखिमपुर्ण यात्रा गर्न बाध्यता हुने गरेको वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले बताए । वडा नम्बर १ मा पर्ने राप्तीपारीका करिव ७ वटा गाउँ मध्ये हालसम्म २ स्थानमा मात्र झोलुंगे पुलको सुविधा छ । वडा नम्बर १ को भम्का–बैरियाघाटमा पुल बन्ने क्रममा रहेको र अझै ४/५ वटा गाउँमा झोलुंगे पुल स्थापन हुन बाँकी रहेको वडाअध्यक्ष ओलीले बताए । स्थानीय बासिन्दा एवम् नयाँ शक्ति पार्टीका नेता हिक्मत बिकले झोलुंगे पुल बनेपछि नदीमा डुंगा प्रयोग गर्ने बाध्यता अन्त्य हुने बताए । पुल बनेपछि गाउँपालिकाले बाटो र पुल पुलेसा निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको सुझाव छ ।
गाउँपालिकाको बोर्ड बैठकमा आफुले वडा नम्बर १ मा झोलुंगे पुल निर्माणका लागि कुरा उठाउने गरेको उनको भनाई छ । ‘संघिय र प्रदेश सरकारको बजेट पार्न नसकेपनि स्थानीय सरकारले भएपनि गाउँपालिकाभित्र झोलुंगे पुल निर्माणको कामलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने । गाउँमा झोलुंगे पुल बन्ने भएपछि भम्काबासी हर्षित भएका छन् । विगतमा पुर्खाहरुले डुंगाको साहारामा नदीमा यात्रा गर्नुपरेपनि आफ्नो पालामा झोलुंगे पुल देख्न पाउने भएपछि हर्षित भएको भम्काका स्थानीय टिकाराम बिकले बताए । ‘डुंगाबाट नदीमा यात्रा गर्दा धेरै दुःख कष्ट भयो, दिनरात डुंगाको यात्रा त्यति भरपर्दो थिएन, अब चाही धेरै राहत मिल्ने भयो,’ उनले भने ।