WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_2.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दिया / जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्ला भरि आफ्नो क्रियासिलता तिब्र पारेको छ , जिल्लामा हुने सबै खाले अपराध नियन्त्रण गर्नका लागि अभियानै थालेर जिल्ला प्रहरी सक्रिय रहेको छ । लागु औषध नियन्त्रणमा एक पछी अर्को सफलता हासिल गरेको प्रहरीले आज मात्र १० ग्राम खैरो हिरोइन सहित लागु औषध कारोबारी पक्राउ गरेको छ ।
राजापुर क्षत्रमा लागु औषधको दुर्वयसनि बढेको देखिएको साथै स्थानिय समुदायहरुको पनि चासो रहेकोमा राजापुर क्षत्रमा बिशेष निग्रानी गरी गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको बिशेष टोली र ई.प्र.का. राजापुरबाट खटिएको टोली द्वारा राजापुर नगरपालिका वडा नं.४ नजिक शक्तिपुल खोलाको बगर साईडबाट बिक्री वितरणको लागी बसी रहेको अवस्थामा भारत लखिमपुर जिल्ला खिरी ईन्द्रनगर बस्ने बर्ष २७ को हरजित सिंहलाई चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ब्राउनसुगर (खैरो हेरोईन) फेला परेको छ ,बरामद खैरो हिरोइनले करिब २०० जनालाई प्रभाबित पार्न सक्ने र जसको बजार मूल्य अन्दाजी ७०,००० बराबरको हुने प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले अनलाइननेपालगंजलाइ बताउनु भयो । साथै पक्राउ परेका सिंहलाई थप अनुसन्धानको लागी ई.प्र.का. राजापुरमा राखिएको जानकारी दिनुभयो ।