WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
दीपक शर्मा
पौष १७ गते
बर्दियाको बढैयाताल गाउपालिका अन्तर्गत मैनापोखरमा रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकलाई घुस दिन खोज्ने भारतिय नागरिक पक्राउ परेका छन ।
गस्तीको क्रममा रहेका प्रहरीले भारतबाट भन्सार छली ल्याउदै गरेको सामान सहित पक्राउ परेका जिल्ला भारत थाना मोतिपुर बलैगाउका २२ वर्षिय सिङ«गानिया चौधरी ,१८ वर्षिय विकास चौधरी, १७ वर्षिय भानु चौधरी र २२ वर्षिय सुनिल चौधरीलाई भारतबाट भन्सार छली हार्डवयरका सामान ल्याएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई रिहा गर्न भन्दै भारत जिल्ला बहराइच थाना मोतिपुर बलैगाउ बस्ने ३५ वर्षिय बिजय चौधरीले इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी निरिक्षक लक्ष्मण ओलीलाई १० हजार रुपैया घुस दिन खोज्ने पक्राउ परेका प्रहरीले बताएको छ ।
नेपालका केहि व्यापारीहरुले भारतिय तस्करीसग मिलेर सामान ल्याउने गरेका छन । भारतिय तस्करी तथा व्यापारीहरुले आफना मान्छेले गोदाम सम्म पुर्याइदिने भन्दै पछिल्लो पटक भारतिय नागरिकको प्रयोग भैरहेको छ ।