WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/var/tmp/#sql_4f751_3.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
बर्दिया
बर्दियामा न्यायिक समितिको काम प्रभावकारी नभएको एक कार्यक्रमका सहभागीहरुले निचोड निकालेका छन ।
दलित महिला संघ बर्दियाको आयोजनामा बर्दियाको गुलरियामा आयोजना गरिएको “समग्र विकासको अबरोध जातिय तथा लैङ्गिक विभेद न्यायिक समिति संग संवाद ” कार्यक्रमका सहभागीहरुले सो निचोड निकालेका हुन । कार्यक्रममा गुलरिया नगरपालिका उप प्रमुख सुशीला गीरीले न्यायिक समितिका विषयमा बुझन समय लागेको बताउदै न्यायिक समिति प्रभावकारी नभएको स्वीकार गर्दे यसलाई सवैको सर सल्लाह अनुसार काम अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा दलित महिला संघका महासचिव रेनु सिजापतिले दलितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नभएको बताउदै बनेका ऐन कानुन कार्यान्वयनका लागी सवैको सहयोगको अपेक्षा रहेको बताउनु भयो । साथै उहाले न्याय छिटो छरितो हुनु पर्ने बताउदै पिडितलाई तत्काल न्याय दिन सके त्यो प्रभावकारी हुने कुरामा जोड दिनु भयो । बर्दियामा मात्र नभएर देसकै समस्या न्यायिक समितिले काम प्रभावकारी रुपमा नगरेको हुदा यसले महिलालाई अझ वढि पिडित बनाएको दावि गर्दे न्यायिक समितिमा परिवेश भौगोलिक स्थानिय भाषा अनुसारका जन प्रतिनिधिलाई समेटनु पर्ने बताउनु भयो । साथै उहाले न्यायिक समिति राजनितिक दलबाट प्रभावित हुन नहुने समेत उल्लेख गर्नु भयो । न्यायिक समितिमा आएका उजुरीको गहिरो तरिकाले अध्ययन गरी त्यसको किनारा लगाउन सके न्यायिक समितिको काम प्रभावकारी हुने उहाको भनाई थियो ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जन प्रतिनिधिले आफनो मान्छे भन्ने सोचबाट बाहिर आउनु पर्ने बताउनु भयो । साथै उहाले जनप्रतिनिधिलाई बुझन समय लागेको भएपनि आगामि दिनहरुका न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा बार्ड न ७ का वडा अध्यक्ष गिता वस्नेत , वार्ड न ५ का अध्यक्ष सावित्रा गौतम ,नेकपाका नेत्री मिथिला फूयाल,नेपाली काग्रेसका मालति सोडारी , नागरिक समाज सञ्जालका संयोजक वालकृष्ण ओली लगायतकाले जन प्रतिनिधिले सवै कुरा आफुले बुझछु भन्ने भ्रम त्याग गर्न सुझाव दिदै सवैसग सर सल्लाह गरी अगाडि बढन सुझाव समेत दिएका थिए । साथै उनिहरुले निर्वाचित वडा अध्यक्ष्ँ तथा सदस्यहरुलाई पनि न्यायिक समितिले गर्ने कार्यहरुको विषयमा जानकारी गराउनु पर्ने बताएका थिए ।
दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले सहजीकरण गर्नु भएको कार्यक्रममा महिला अधिकारकर्मि , राजनितिक दलका नेता ,नागरिक समाज , बुद्धिजिवि तथा संञ्चारकर्मिहरुको सहभागीता रहेको थियो ।