भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउने सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन् | क्रिसमसको पुर्व सन्ध्यामा मेड्ली इमेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष ९ अर्थत डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा गजेन्द्र बर्मा नेपाल आउने भएका छन् | गायक बर्माले “तुने मेरे जाना”, “मे तेरा ही रहु”, “मेरा जहा जहा, जस्ता चर्चित गीत प्रस्तुत गर्ने आयोजक मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टले जानकारी दिएको छ |
२८ बर्षिय गायक बर्माले भारतीय सांगीतिक क्षेत्रमा दर्जनौ गीत गाएर आफ्नो नाम स्थापित गराउन सफल भएका छन् | उक्त कार्यक्रमको टिकट १५सय देखी ३५सय सम्म तोकिएको छ | टिकट खरिद गर्न चाहाने संगीतप्रेमीहरू ले अनलाइन सेवा वा CMD CAFE नक्साल, MOJO BOUTIQUE HOTEL पुरानो बानेश्वर हाईट अथवा मोवाइल नं- ९८४९०८२२४७ मा पनि सम्पर्क गरेर बुक गर्न सकिने आयोजक सस्थाले बताएको छ l बेला बेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रमले आपसी मित्रतालाई अझै मजबुद बनाउने मद्दत पुग्ने मेड्ली इमेण्ड का प्रबन्ध निर्देशक सुमित सिग्देल को धारणा छ |