WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_options`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
WordPress database error: [Can't create/write to file '/tmp/#sql_36a_4.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `tc_postmeta`
पर्याप्त जानकारी नलिई बैदेशिक रोजगारीमा जाँदा दुख भोग्नु पर्ने बाध्यता रहन्छ, त्यसै कारण कोही पनि ब्यक्ति बैदेशिक रोजगारीको क्रममा दुख भोग्न नपरोस भनी बर्दियाको बढैयाताल गाउँपालिकामा अहिले सचेतीकरणको कामलाई ब्यापक जोड् दिन थालीएको छ । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर होस अथवा आफन्त, शुभेक्छुकजनबाट बेलैमा सही सुचना पठाएर होस, संम्भावित जोखिम र अपनाउनु पर्ने पूर्व सावधानी बारे जानकारी गराउन थालिएको हो ।
बोडर (भारतीय सिमा) सगँ जोडिएको बढैयाताल गाउँपालिकाका विभिन्न वडा, टोली बस्तीबाट असुरक्षित रुपमा बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुको संख्या धेरै रहेको अनुमान छ । तर एकिन तथ्यांक भने छैन । कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष डिल्ली प्रसाद गौतमको भनाईलाई नै आधार मान्ने हो भने पनि भारतको दिल्ली एयरपोर्ट हुर्दैै असुरक्षित रुपमा बैदेशिक रोजगारीमा जाने पुरुष भन्दा महिलाको संख्या बढी देखिन्छ । खुल्ला सिमा नाकाको फाईदा स्वदेशी र विदेशी मानव ओसार पसारका दलालहरुले लिईरहेका छन ।
त्यसैकारण पनि बढैयाताल गाउँपालिका वडा नम्बर १ (डाँफे) मा रहेको दिपज्योति मा.बि., वडा नम्बर ८ कण्ठपुर र मयुरबस्ती नजिक रहेको विद्याज्योति मा.बि., वडा नम्बर ९ जनता नगर, टेशनपुर र मुनालबस्ती नजिक रहेको जयकालिका मा.बि., वडा नम्बर ७ बकोटियालाई मुख्य कार्य क्षेत्र बनाई प्राथामिकता दिएको छ । खास गरी नेपाल सरकारले प्रदान गरेका सेवा सुविधा बारे जानकारी गराई बैदेशिक रोजगारीमा जाँदा ठगि हुनबाट बचाउने नै हो ।
यसका साथै आफनो भिसा (बैदेशिक रोजगार अनुमतिपत्र प्रवेश आज्ञा) लागेको वा नलागेको भन्ने कुरा मोबाइलको एसएमएसबाट पनि थाहा पाउन सकिन्छ, बैदेशिक रोजगारीमा जाँदा चाहिने आवाश्यक कागजपत्र र त्यसको एक प्रति फोटोकपी घरमै छोडेर जानुपर्छ भन्ने कुरा यसमा बढी सिकाउने गरिएको छ । “सुरक्षित स्थानान्तरणको लागी दियो परियोजना” भन्ने मुख्य नाराका साथ रिड नेपाल र आइआरइएक्सको सहयोगमा कालिका सामुदायिक पुस्तकालयले अहिले यसमा काम गरिरहेको छ ।
जस अन्र्तगत विद्यालयमा शिक्षक मार्फत आप्रबासन सम्वन्धि अभिमुखिकरण, समुदायमा सुरक्षित आप्रबासन सम्वन्धि अन्र्तक्रिया, वृतचित्रको प्रर्दशनी, उप समितीहरु गठन, बैदेशिक रोजगारीबाट फर्कि आएकाहरुको अनुभव आदान प्रदान, ब्यक्तिगत, सामुहिक भेटघाट तथा बैठकहरु संञ्चालन हुने गरेका छन । दियो परियोजनाका सामाजिक परिचालक सिदान्त थारुका अनुसार दौतरी शिक्षा साथीका लागी ३ जना ब्यक्तिलाई खटाएको छ । जसमा सम्झना चौधरी, सिरपाल यादव र विशाल नेपाली हुनुहुन्छ भने विद्यालय तहमा ३ जना शिक्षकहरुलाई जिम्मेवारी दिईएको छ ।
दिपज्योति मा.बि. डाफेमा शिक्षक सुरेश कुमार खत्री, विद्याज्योति मा.बि. कण्ठपुरमा राजु पौडेल र जयकालिका मा.बि. मुनाल बस्तीमा सुब्बा श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । यसैगरी समुदायमा हुने अभिमुखिकरण कार्यक्रमका लागी बिनोद पौडेल र सुप्रिया श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यसलाई ठुलो बजेटले संञ्चालीत परियोजना, कार्यक्रम भन्दा पनि एउटा स्वंयम सेवी, स्वःफुर्त रुपमा समाज रुपान्तरणका लागी थालिएको सामुहिक प्रयास हो भनिन्छ ।
सुरक्षित स्थानागमनका लागी आवाश्यक सुचनाको पहुँच पु¥याउने, असुरक्षित स्थानागमनको सन्र्दभमा हुने पारिवारिक तनाव र दवाव कम गर्न मद्दत गर्ने, स्थानिय स्तरमा क्रियाशिल संघ–संस्थाहरुको समन्वय सहकार्यलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउने र कानुनी उपचार तथा परामर्शमा पहुँच पु¥याउनका लागी समन्वयकारी भुमिका निर्वाह गर्ने दियो परियोजनाको मुख्य लक्ष्य हो । सन २०१८ अगस्त २३ देखी ९ महिनाका लागी पाईलट कार्यक्रमका रुपमा रहेको भनिएपनि यसको आवाश्यकता र प्रभावकारीता अझ बढ्ेको छ । स्थानिय समाजसेवी विश्वराज सुवेदीले गाउँ, टोल, समाजमा अझ उत्कृष्ट थप काम गरेर देखाउन सल्लाह दिनुभयो ।
बैदेशिक रोजगारीमा जान चाहिनेहरुका लागी बढी उपयोगी देखिएको यो कार्यक्रमबाट धेरै सर्वसाधारण नागरिकहरु लाभाम्बित भएका छन । स्थानिय राजनितीक कर्मी गोपी प्रसाद पराजुलीले भने दियो परियोजना मात्र पर्याप्त छैन भन्दै अब बैदेशिक रोजगारीमा जाने जोकोही ब्यक्तिले पनि आफनो वडामा जानकारी गराई घर छोड्ने बानीको विकास गर्नुपर्ने तर्क गर्नुभयो । बैदेशिक रोजगारीमा जाँदा ठगीमा पर्ने, बिदेशी मुलुकमा पुगी सकेपछि भनेको जस्तो काम नपाउने, अंग भंग वा मृत्यु भएमा सहज रुपमा क्षेतिपुर्ति नपाउने जस्ता धेरै समस्याबाट आजित भएका त्यस क्षेत्रका सर्वसाधारण नागरिक हिजोआज भने निकै सचेत र जागरुक बन्दै गएको कालिका सामुदायिक पुस्तकालयका सचिव हरी अधिकारीले बताउनुभयो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष सुन्दरमान श्रेष्ठले समस्यामा परेका ब्यक्तिलाई दियो परियोजनाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यसरी नै अझ धेरै सहयोग गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । वडा नम्बर ७ का अर्का वडा अध्यक्ष इन्द्र प्रसाद लुइटेलले दौतरी शिक्षा कार्यक्रम, साथीभाई सगैं श्रीमान, श्रीमति नामक कार्यक्रम थप्न सुझाव दिनुभएको छ । बैदेशिक रोजगारीले धेरै जना श्रीमान, श्रीमतिको बिछोड बनाएको भन्दै यसको अति आवाश्यकता रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा केटा भन्दा पनि केटीहरु दुर्रब्यसनीको लतमा बढी फसेकाले यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने आवाश्यकता रहेको औल्याउनुभयो ।
यसैगरी वडा नम्बर ९ का वडा अध्यक्ष कान्छु थारुले पनि परियोजनाको सचेतीकरण कार्यक्रमबाट आर्थिक रुपमा विपन्न वर्ग, सुकुम्बासी, मुक्त–कमैयाका घरपरिवारहरु लाभाम्बित भएको प्रतिक्रिया दिनुभयो । एउटा कोठामा मात्र सिमित नराखी आम जनताको दैलो–दैलोमा पु¥याउन सबै एकजुट भई लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उता इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण ओलीले समाजमा नागरिकलाई दियो परियोजनाले सुसुचित गर्न सहयोग गरेको भन्दै यो सराहनीय बिषय भएको बताउनुभयो ।
समन्वय सहकार्य गरी आफुहरु पनि यस्ता खाले कार्यक्रम संञ्चालन गर्नका लागी उत्साहित रहेको पनि उहाँले जानकारी गराउनुभयो । बैदेशीक रोजगारीमा जाने ब्यक्ति सचेत र जागरुक हुनुपर्छ, बैधानिक मेनपावर कम्पनीबाट जाँदा सुरक्षित भईने भन्दै प्रहरी निरीक्षक ओलीले नेपालमा ६८ वटा मेनपावर कम्पनी वन्द गरिएको बताउनुभयो । असुरक्षित रुपमा बैदेशीक रोजगारीको सिलसिलामा पुगेका ४८ हजारको हाराहारीमा अहिले पनि नेपालीहरुको अवस्था अज्ञात रहेको भन्दै यसतर्फ सधै सचेत र सजग भईरहन सुझाव समेत दिनुभयो ।
-साभार : रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज